Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 967 - 972 of 23988
फिल्मीखबर, काठमाडौं, 2025-09-18, बिहिवार

आगामी कात्तिक ६ गते भाइटीकामा प्रदर्शन हुन लागेको फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । फिल्मका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बूबीचको अन्तरजातीय प्रेमलाई केन्द्रमा राखिएको टिजरमा राई संस्कृतिलाई पनि प्रभावकारी रूपमा देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-09-18, बिहिवार

आगामी कात्तिकमा फिल्म रिलिजको चाप उच्च हुने देखिएको छ । यो महिना आधा दर्जनभन्दा बढी फिल्म प्रदर्शनको तयारीमा छन् । त्यसमध्ये एक हो, ‘परान’ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक १४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । अहिलेसम्म उक्त मितिमा अरू फिल्म भने छैनन् । 

फिल्मीखबर, काठमाडौं, 2025-09-18, बिहिवार

अमेरिकामा अर्को वर्ष (सन् २०२६ मा) हुने ९८औं संस्करणको एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा गत वर्षको सुपरहिट फिल्म ‘अञ्जिला’ले नेपालको प्रतिनिधित्व गर्ने भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले यो फिल्मलाई ओस्कारका लागि सिफारिस गरेको हो । समितिका अनुसार ‘अञ्जिला’ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2025-09-17, बुधवार

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । सुरुमा असोज ३ गते रिलिज हुने भनिएको फिल्मलाई जेनजी आन्दोलनका कारण स्थगित गर्दै कात्तिक ६ गते (भाइटीका) सारिएको थियो । अब नयाँ निर्णयअनुसार आगामी कात्तिक २१ गतेदेखि फिल्म प्रदर्शन हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2025-09-17, बुधवार
फिल्मीखबर, काठमाडौं, 2025-09-17, बुधवार

यसपालिको दशैंको फूलपाती (१३ असोज)मा फिल्म ‘हरिबहादुरको जुत्ता’ नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने भएको छ । अमेरिकाका ८० पर्दामा फिल्म रिलिज हुने वितरक कम्पनी इन्टरटेनमेन्ट एलएलसीले जनाएको छ । यस कम्पनीका प्रमुख आहाना पौडेल हुन् । यही फिल्मबाट वितरणमा डेब्यु गर्न लागेका उनी फिल्म वितरक उज्ज्वल पौडेलका छोरा हुन् ।

Results : 967 - 972 of 23988