
सन् २०१७ देखि २०२३ सम्म निर्मात्री शर्मिला पाण्डेले आक्रामक रुपमा फिल्म निर्माण गरेकी थिइन् । ६ वर्षको अवधिमा उनले ६ वटा फिल्म बनाइन् । तर, २०८० सालमा रिलिज भएको ‘परस्त्री’ व्यावसायिक रुपमा असफलता भएपछि उनले फिल्म निर्माण गरेकी छैनन् । अब २ वर्षपछि उनी नयाँ फिल्म बनाउने तयारीमा जुटेकी छन् ।

बैशाख महिना सुरु भएयता नेपाली फिल्मले आशालाग्दो व्यापार गर्न नसकिरहेको अवस्थामा अब यही शुक्रबार अर्थात् बैशाख २६ गतेबाट दुई आशातीत फिल्म ‘ऊनको स्वीटर’ र ‘जार’ एकसाथ प्रदर्शनमा आउने तयारीमा छन् । फरक कथावस्तुमा बनेका यी दुवै फिल्मको मंगलबार साँझबाट देशभरका प्रायः मल्टीप्लेक्स हलहरूमा शो टाइमसहित अग्रिम टिकट बुकिङ सुरू भइसकेको छ ।

साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथा ‘जार: भएकै एउटा कथा’मा आधारित भएर बनेको फिल्म ‘जार’को सिक्किम र सिलिगुडीपछि काठमाडौंमा प्रिमियर गरिएको छ । मंगलबार आयोजित प्रिमियरमा पूर्वप्रधानमन्त्रीदेखि चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो । फिल्म हेरेपछि प्रायःले कथावाचन शैली, छायांकन, ब्याकग्राउन्ड स्कोर जस्ता पक्षको प्रशंसा गरेका थिए ।

यतिबेला उच्च डिमान्ड भएकी अभिनेत्री हुन्, उपासना सिंह ठकुरी । गत वर्ष ‘खुस्मा’ व्यावसायिक रुपमा सफल भएपछि उनलाई फिल्म अफरको ओइरो लागिरहेको छ । र, उनले पनि एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन् । चाँडै ‘जलाकी’को छायांकन सुरु गर्न लागेकी उनी अब अर्को नयाँ फिल्म ‘सुम्निमा’मा अनुबन्ध भएकी छन् । यो ‘अञ्जिला’ निर्देशक मिलन चाम्सको फिल्म हो ।


भारतका नेपाली भाषी साहित्यकार इन्द्रबहादुर राई (आईबी)ले करिब ६५ वर्षअघि लेखेको ‘जार: भएकै एउटा कथा’मा आधारित रहेर बनेको फिल्म ‘जार’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यसमा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा छन् । उनले फिल्म गर्नुभन्दा दुई दशकअघि नै साहित्यकार राईको कथा पढेका थिए । त्यही बेला उनलाई यसमा काम गर्ने रहर जागेको थियो ।

