Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 919 - 924 of 24140
फिल्मीखबर, काठमाडौं, 2025-12-01, सोमवार

प्रभात पाल र स्मारिका ढकालको रोमान्सलाई समेटिएको गीत ‘मेरो प्रियतम’ सार्वजनिक भएको छ । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’मा समावेश यो गीत सोमबार सार्वजनिक भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-12-01, सोमवार

लभ स्टोरी फिल्मका ज्ञाता मानिने निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक ‘कुमारी’को पहिलो गीत 'कता छौ मेरो फूल’ सार्वजनिक भएको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको रिलिज मिति पनि घोषणा गर्दै माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले फिल्मले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ।

फिल्मीखबर, काठमाडौं, 2025-12-01, सोमवार

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण समूहको नयाँ फिल्म ‘रोल नंं. १’को छायांकन सुरु गरिएको छ । दुई हप्ता लामो वर्कसपपछि सोमबार म्याग्दीबाट फिल्मको छायांकन थालिएको हो । डेढ महिना छायांकन हुने यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मीको अभिनय रहनेछ ।

फिल्मीखबर, काठमाडौं, 2025-12-01, सोमवार

राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोमबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा कलाकार सागर लम्साल ‘बले’लाई सोलो रूपमा प्रस्तुत गरिएको छ, जहाँ उनलाई तनावयुक्त मुद्रामा देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-12-01, सोमवार

रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म ‘बिगुल’ वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा अभिनेता सुशील श्रेष्ठ स्टारर फिल्म ‘परिवर्तन’ पनि प्रदर्शनमा आउँदैछ । 

फिल्मीखबर, काठमाडौं, 2025-12-01, सोमवार

यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लोकन्ती’को गीत ‘लाजै नमानी’ सार्वजनिक गरिएको छ । लोक लयमा आधारित यस गीतमा मेलिना राई र नारायण थापाको स्वर, शंकर अधिकारी घायलको शब्द तथा विकास चौधरीको संगीत छ । 

Results : 919 - 924 of 24140