Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 925 - 930 of 23511
फिल्मीखब, काठमाडौं, २०८२ वैशाख २६, शुक्रवार

परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’मा नाम चलेका कलाकारहरु जोडिने श्रृंखला रोकिएको छैन । पल शाह हुँदै रमेश उप्रेती र आर्यन सिग्देलपछि अब अभिनेत्री वर्षा सिवाकोटी फिल्ममा अनुबन्धित भएकी छन् । निर्माण पक्षले बिहीबार उनीसँग लिखित सम्झौता गरेको हो । उनको प्रवेशसँगै फिल्ममा कलाकारको ‘लाइनअप’ थप बलियो बनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख २६, शुक्रवार

अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीको फिल्म पहिलोपटक हलमा आमनेसामने भएका छन् । उनीहरु अभिनीत फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुई फिल्मबीच व्यावसायिक प्रतिस्पर्धा भए पनि दुई टिमबीच सौहार्दपूर्ण सम्बन्ध देखिन्छ । दुवै फिल्मका कलाकारहरु एकअर्काको प्रिमियरमा सहभागी भएर भाइचाराको सन्देश दिएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख २५, बिहिवार

अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पारेको छ । बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार जस्ता संवेदनशील विषयलाई फिल्मले उठान गरेको ट्रेलरबाट प्रष्ट हुन्छ ।

एजेन्सी, काठमाडौं, २०८२ वैशाख २५, बिहिवार

२२ अप्रिलमा जम्मु-काश्मिरको पहलगाममा भएको आक्रमणको बदला लिन मंगलबार राति भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । यतिबेला यो शीर्षकमा फिल्म बनाउन बलिउडका निर्माताहरुबीच हानाथाप चलेको छ । बुधबारसम्म यो नाम लिन आधा दर्जन बढी निर्माताले आवेदन दिइसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख २५, बिहिवार

गत फागुनमा प्रदर्शनमा आएको फिल्म ‘आउट ल’बाट एक्सनमा राम्रो सम्भावना देखाएका अभिनेता सुशील श्रेष्ठ एकपटक फेरि एक्सन फिल्ममा देखिने भएका छन् । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा उनले मुख्य भूमिकामा काम गर्न लागेका हुन् । बुधबार फिल्म सम्झौता गरेका उनले स्क्रिप्ट सुनेपछि आफू निकै उत्साहित भएको बताए ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख २५, बिहिवार

भोलि शुक्रबार अर्थात् बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’ले प्रिमियरमा लोभलाग्दो प्रतिक्रिया पाएको छ । बुधवार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न प्रिमियरमा उपस्थित अधिकांशले कथावाचन शैलीको मुक्तकण्ठले प्रशंसा गरे । छायांकन, संगीत, कलाकारहरुको अभिनय जस्ता पक्षको पनि उत्तिकै प्रशंसा भयो ।

Results : 925 - 930 of 23511