Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 937 - 942 of 24282
फिल्मीखबर, काठमाडौं, 2026-01-14, बुधवार

अभिनेता अरुण क्षेत्री र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘हन्टर’को छायांकन सकिएको छ । दुई चरणमा गरी ४५ दिनमा फिल्मको सम्पूर्ण छायांकन पूरा भएको हो । फिल्मको अधिकांश छायांकन पश्चिम नेपालको महेन्द्रनगर आसपासका क्षेत्रमा गरिएको छ । यस फिल्ममा अरुण एक्सन अवतारमा देखिनेछन् । 

फिल्मीखबर, काठमाडौं, 2026-01-14, बुधवार

सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति र त्यसको सकारात्मक–नकारात्मक प्रभावलाई मुख्य कथावस्तु बनाएर निर्माण भएको फिल्म ‘भाइरल गोर्खे’ माघे संक्रान्तिको अवसर पारेर भोलि बिहीबारबाट प्रदर्शनमा आउँदैछ । देशभरका हलहरूमा अग्रिम टिकट बुकिङ खुला भइसकेको अवस्थामा मंगलबार साँझ काठमाडौंमा फिल्मको प्रिमियर आयोजना गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2026-01-13, मंगलवार

गायक तथा अभिनेता प्रशान्त तामाङको अन्त्येष्टि गरिएको छ । आइतबार बिहान कार्डियक अरेस्टका कारण दिल्लीमा निधन भएका उनको मंगलबार जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार दाहसंस्कार गरिएको हो । उनको अन्त्येष्टिमा पत्नी मार्था एली भावविह्वल देखिएकी थिइन् भने त्यहाँ सयौँको संख्यामा नेपाली भाषीको उपस्थिति रहेको थियो । 

फिल्मीखबर, काठमाडौं, 2026-01-13, मंगलवार

गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले आफ्नो हस्ताक्षरसहित तामाङकी श्रीमती मार्था एलीलाई सोमबार पठाएको शोक पत्रमा प्रशान्तको निधनले अपूरणीय क्षति भएको भन्दै उनको गायन र अभिनय कलाको प्रशंसा गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-01-12, सोमवार

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’को पहिलो गीत ‘कुन हावाले’ सार्वजनिक गरिएको छ । वियोगान्त भावको यस गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ । आफ्नो साथमा रहेको व्यक्ति अचानक टाढा भएपछिको छटछटी र पीडालाई गीतमा प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-01-12, सोमवार

आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलर पूर्ण रूपमा एक्सनप्रधान देखिएको छ । अभिनेता सुशील श्रेष्ठलाई केन्द्रमा राखिएको ट्रेलरले सत्ता मोह र बदलाको कथामा फिल्म बनेको प्रस्ट पार्छ ।

Results : 937 - 942 of 24282