Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 943 - 948 of 23987
फिल्मीखबर, काठमाडौं, 2025-09-25, बिहिवार

दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले ‘सबैका लागि’ भन्दै फिल्मलाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । बुधबार साँझ फिल्मको सेन्सर गरिएको थियो । हलमा पारिवारिक दर्शकको अपेक्षा गरेको फिल्मको टिमलाई उक्त सर्टिफिकेटले ठूलो राहत दिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-09-25, बिहिवार

दशैंको फूलपातीबाट तीन फिल्म ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा आउँदैछन् । दर्शकमाझ उच्च प्रतिक्षा भएका यी फिल्मलाई सन्तुलित ढंगले शो विभाजन गर्न यतिबेला हलहरूलाई ठूलो सकस परेको छ । दशैंमै साउथ फिल्म ‘कान्तारा २’ पनि आउने भएकाले शो बाँडफाँट अझ चुनौतीपूर्ण बनेको छ । यद्यपि, तीन फिल्मका शो तालिका सार्वजनिक भइसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-09-24, बुधवार

भाइटीकाको दिन पारेर कात्तिक ६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’को पहिलो गीत ‘न्याउली वनैमा’ सार्वजनिक गरिएको छ । लोक शैलीमा आधारित यस गीतमा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको स्वर रहेको छ भने शब्द तथा संगीत गायक सिवाकोटी स्वयंको हो । प्रेमका भावना समेटिएको गीतमा हितैषी मायालाई मनमा राख्ने कुरा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-09-24, बुधवार

कलाकार माओत्से गुरुङको निर्देशनमा बन्न लागेको दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा गुरुङ फिल्मका दुई चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । निर्देशक गुरुङले दुवैसँग यसै साता लिखित सम्झौता गरेका हुन् । यसअघि फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्ध भइसकेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2025-09-24, बुधवार

नेपाली फिल्म क्षेत्रका लागि २०८१ साल निकै महत्त्वपूर्ण रह्यो । किनभने, गत वर्ष नेपाली फिल्मले मात्र डेढ सय करोडको व्यापार गरे । त्यसमा ४६ करोड योगदान सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ एक्लैको थियो । दशैंमा प्रदर्शन भएका चार फिल्मले पनि करिब ४० करोडको व्यापार गरे । अर्थात् दशैं र तिहारमा मात्र नेपाली फिल्मले झन्डै ९० करोड कमाएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2025-09-24, बुधवार

संगीतकारको रुपमा परिचित टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । गायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्मको पोस्टरमा उनलाई नै स्थान दिइएको छ । उनी स्कूलको पोशाकमा पुस्तक र कलम हातमा लिएर खुसी मुद्रामा देखिएका छन् । 

Results : 943 - 948 of 23987