Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात भन्छन्, ‘मलाई ‘लाउड’ अभिनय गरेको थाहा हुँदैन’

फिल्मीखबर, काठमाडौं, 2019/11/28
नेपाली फिल्मको कथा भन्ने शैली नै परिवर्तन गरेको फिल्म ‘लुट’ मा निर्वाहा गरेको ‘हाकु काले’ को चरित्रले अभिनेता सौगात मल्लको भाग्य नै बदल्यो । नेपाली फिल्ममा ‘हिरो’ को पुरानो मानक भत्काउँदै जस्तजस्ती प्रवेश गरेका उनलाई हरेक भूमिकामा जीवन्त अभिनय गर्ने अभिनेताको रुपमा चिनिन्छ । ‘लुट’ पछि उनले केही फिल्ममा फरक-फरक भूमिका निभाए । 
 
तर, आजभोली उनी अभिनीत फिल्म प्रायः एकैखाले लाग्छन् । न भूमिकामा फरकपन छ न त अभिनयमा विविधता । अचेल उनले फिल्ममा निभाउने हरेक चरित्र ‘हाकु काले’ को ह्याङओभरबाटै ग्रसित देखिन्छन् । त्यस्तै, प्रायः फिल्ममा उनको अभिनय ‘लाउड’ हुने हुन्छ । तर, उनलाई आफूले एकैखाले भूमिका गरिरहेको पटक्कै लाग्दैन । न त उनलाई ‘लाउड’ अभिनय गरेकै थाहा हुन्छ रे ।
 
पत्रकारसँगको एक भेटमा उनले भने, ‘दर्शक र समीक्षकले भनेपछि मात्र मलाई यसमा ‘लाउड’ अभिनय गरेछु भन्ने थाहा हुन्छ । नत्र यो कुरा म आफैंलाई कहिल्यै थाहा हुँदैन । न त म कुनै फिल्ममा ‘लाउड’ अभिनय गर्छु भनेर नै गर्छु । ‘लुट’ मा पनि मलाई जसरी भनियो त्यसरी नै अभिनय गरेको थिएँ । पछि समीक्षकले भनेपछि थाहा भयो कि मेरो ‘लाउड’ अभिनय रहेछ ।’ 
 
 
जबसम्म स्क्रिनप्ले राम्रो हुँदैन तबसम्म फिल्म राम्रो नबन्ने सौगातको तर्क छ । उनलाई लाग्छ स्क्रिनप्ले राम्रो नभएसम्म कुनै एक सिन हिट भए पनि फिल्म कदापी राम्रो बन्दैन । उनी अगाडि भन्छन्, ‘स्क्रिनप्ले राम्रो छ भने सामान्य मान्छेको जीवनमाथि बनाइएको फिल्म पनि राम्रोे हुन्छ । नभए, एउटा कलाकारले जति नै ज्यान दिएर अभिनय गरे पनि फिल्म राम्रो हुँदैन ।’ 
 
भर्सटायल अभिनेताको छवि बनाएका सौगातले केही वर्षयता गुणस्तरिय कम तर संख्यात्मक रुपमा धेरै फिल्म गरेका छन् । यो कुरा उनी स्वयं पनि स्वीकार गर्छन् । ‘हो, मैले धेरै फिल्म गरिरहेको छु । तर, केही फिल्म रिलिज हुन बाँकी भएका कारण म १० महिनासम्म खाली पनि बसेँ । तर, ती फिल्म कहिलेसम्म कुरेर बस्नु भनेर फेरि फिल्म गर्न सुरु गरेको हुँ,’ उनी सुनिए । 
 
फिल्मको व्यापारिक सफलता र असफलताले एउटा कलाकारको करिअरमा ठूलो असर पार्ने सौगातको बुझाइ छ । फिल्म सफल भएको खण्डमा करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने उनी बताउँछन् । तर, उनी आफू अभिनीत फिल्म सफल र असफल जे भए पनि दर्शकको माया र साथ पाएकोमा खुसी छन् । राम्रो फिल्म दिन नसकेकोमा भने उनी दर्शकसँग ‘माफी’ माग्छन् ।  
 
उनको नयाँ फिल्म ‘माछा माछा’ यही मंसिर २० गतेबाट प्रदर्शन हुँदैन । यसमा उनले अभिनेत्री नम्रता श्रेष्ठसँग रोमान्स गरेका छन् । पछिल्ला सबै फिल्म बक्सअफिसमा पिटिएपछि निराश भएका सौगात यो फिल्ममाथि ठूलो आश रहेको बताउँछन् । ‘टिम र स्क्रिप्ट दुबै राम्रो भएपछि फिल्म गरेको हुँ । फिल्मले उठाएको विषयवस्तुले दर्शकलाई मनोरञ्जन दिन्छ भन्ने विश्वास छ,’ उनले भने । 
Most Visited News (monthly)