Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(24 votes, avg 4.75/5.00)
Text size:-
+
-

५१औं दिनमा ‘छ माया छपक्कै’, कमाई कति ?

फिल्मीखबर, काठमाण्डौ, 2019/11/29
बक्सअफिसमा असफल हुने अधिकार नभएको दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माता रोहित अधिकारीसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ ले सफलताको मानक मानिने प्रदर्शनको ५१औं दिने यात्रा पार गरेको छ । यो फिल्मले राजधानीका ६ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाएको निर्माण टिमले जानकारी दिएको छ । 
 
विएसआर मुभिज, सिडिसी सिनेमाज्, गोपीकुष्ण मुभिज, अष्टनारायण, गुण र गंगामा फिल्मले प्रदर्शनको ५१औं दिन मनाएको हो । असोज २४ गतेबाट प्रदर्शनमा आएको यो फिल्मको सफलताको श्रेय निर्माण टिमले दर्शकलाई दिएको छ । दीपक-दीपाको समुहले निर्माण गरेका पछिल्ला सबै फिल्मले हलमा सफलतापूर्वक प्रदर्शनको ५१औं दिन मनाएका छन् । 
 
 
यस वर्षको सर्वाधिक ग्रसर फिल्म बनेको ‘छ माया छपक्कै’ ले ५१औं दिनसम्म १४ करोडको आँकडा पार गरेको जानकारी प्राप्त छ । तर, यसको पुष्टि निर्माता र वितरक कम्पनीले गरेको छैन । बलिउड फिल्म ‘वार’ का कारण प्रदर्शनको समयमा यो फिल्मले मल्टीप्लेक्समा न्यून सोज पाएको थियो । तर, ‘वर्ड अफ माउथ’ बलियो भएपछि फिल्मले दर्शकको ठूलो भीड आफूतिर तान्यो । 
 
अहिले ‘छ माया छपक्कै’ को विदेशमा चर्को माग छ । फिल्मका निर्माताले प्रदर्शन अगावै ओभरसिज राइट्सबाट आधाभन्दा बढी लगानी उठाइसकेका थिए । भने, प्रदर्शनको पहिलो हप्तामा नै फिल्मले घरेलु बजारबाट लगानी उठाएको थियो । दोस्रो पटक सफलता चुमेका निर्माता रोहित अधिकारीले यसअघि अभिनेता अनमोल केसीलाई लिएर ‘गाजलु’ बनाएका थिए ।
 
‘घामपानी’ फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ मा राजनीतिक पृृष्ठभूमिमा प्रेम बुनिएको छ । पानीको समस्या अनि त्यसमाथि हुने राजनीतिको विषयमा केन्द्रित रहेर निर्माण भएको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारको अभिनय छ ।
Most Visited News (monthly)