Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलिनका लागि प्रेमिका ‘सबथोक’

फिल्मीखबर, काठमाण्डौ, 2019/12/20
 
फिल्म ‘ए मेरो हजुर २’ बाट सुखद डेब्यू गरेका अभिनेता सलिनमान बनियाँ प्रेम सम्बन्धमा रहेको कुरा अब नौलो रहेन । डेब्यू फिल्म रिलिज भए लगत्तै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् प्रेमिका सार्वजनिक गरेका थिए । उनकी प्रेमिकाको नाम अस्प्रिना श्रेष्ठ हो । उनी प्रोफेसनल मेकअप आर्टिस्ट हुन् । फिल्ममा डेब्यू गर्नुभन्दा अगाडिदेखि नै सलिन अस्प्रिनाको प्रेममा थिए ।
 
प्रायः सेलिब्रेटीहरु दर्शक भड्किने डरले प्रेम सम्बन्ध सार्वजनिक गर्न डराउँछन् । सलिन भने यो मामलामा उदार छन् । उनी बाक्लै रुपमा नभए पनि समय-समयमा प्रेमिकाको तस्विर सामाजिक सञ्जालमा साझेदार गर्दै प्रेम अभिव्यक्त गरिरहेका हुन्छन् । बिहीबार साँझ उनले इन्स्टामा प्रेमिका अस्प्रिनासँगको एक रोमान्टिक तस्विर साझेदार गर्दै लेखेका छन्, ‘मेरो जीवन, मेरो सबथोक ।’ 
 
उनले शब्दमार्फत् अभिव्यक्त गरेको प्रेमिल वाक्यले सलिनको अस्प्रिनाप्रतिको घनिभूत प्रेम झल्काउँछ । उनी प्रेमिकालाई आफ्नो जीवन मान्छन् र आफ्नो सबथोक ठान्छन् । सलिन र अस्प्रिनाको रोमान्टिक तस्विरमा सयौं प्रशंसकले जोडी सुहाएको प्रतिक्रिया दिएका छन् । तस्विरमा सलिनले प्रेमिकालाई आफ्नो अंगालोमा बाँधेका छन् । र, दुवैको अनुहारमा खुसी झल्किएको छ । 
 
कोरियन लुक्स, फरक हेयर स्टाइल र आकर्षक ड्रेसअपका कारण अभिनेता सलिनमान बनियाँ अरु अभिनेताभन्दा भिन्न छन् । अहिले उनलाई धेरैले ‘स्टाइलिस अभिनेता’ समेत भन्ने गरेका छन् । डेब्यू फिल्मबाटै लोभलाग्दो फ्यान फलोइंग बनाएका उनी पछिल्लो पटक फिल्म ‘यात्रा’ मा देखिएका थिए । फिल्म बक्सअफिसमा असफल भए पनि उनको एक्सन भने रुचाइएको थियो । 
 
यो फिल्मपछि सलिनले नयाँ फिल्म साइन गरेका छैनन् । ‘यात्रा’ रिलिजपछि उनले भनेका थिए, ‘यो फिल्मका लागि धेरै दौडधुप गर्नुपर्‍यो । अब, ६ महिना जति ब्रेक लिन्छु ।’ तर, ‘यात्रा’ रिलिज भएको ६ महिना वितिसके पनि उनले नयाँ फिल्म साइन गरेका छैनन् । केही दिन अगाडि एक कार्यक्रममा भेटिएका उनले राम्रो स्क्रिप्ट नआएका कारण फिल्म गर्न नहतारिएको बताएका थिए । 
Most Visited News (monthly)