Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दि कर्मा’ लाई सेन्सर बोर्डको यस्तो निर्देशन

फिल्मीखबर, काठमाण्डौ, 2020/01/20
 
यही माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘दि कर्मा’ ले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको छ । आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ अर्थात पिजी सर्टिफिकेट दिएका हुन् ।
 
त्यस्तै, सेन्सर बोर्डले फिल्मको एक एक्सन सिनमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको छ । ‘दि कर्मा’ का निर्माता जय राज रायले सेन्सर बोर्डका पदाधिकारीले फिल्म मन पराएको बताए । फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको बताइएको छ । देव कुमार श्रेष्ठ निर्देशित फिल्मको ट्रेलर र गीत सार्वजनक भैसकेको छ ।
 
जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको फिल्मको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।
 
फिल्ममा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय छ । करण भारतिय कलाकार भएका कारण पनि यो फिल्मलाई धेरैले चासोपूर्वक हेरेका छन् । नेपाल रिलिजसँगै अन्य मुलुकहरुमा पनि यो फिल्म हुने निर्माण टिमले बताएको छ । फिल्ममा परमिता नकारात्मक भूमिकामा छिन् । 
Most Visited News (monthly)