
आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्या’ सार्वजनिक गरिएको छ । कृष्ण भारद्वाजको संगीत तथा निर्विकल्पम, कृष्ण भारद्वाज, शंकर अधिकारी (घायल) र नवीन बिकको शब्द रचना रहेको गीतमा शान्तिश्री परियार र साइराज खातीको गायन छ । लोक शैलीमा तयार पारिएको यो गीतका शब्द र भिडियो मौलिक हिसाबको छ ।


तीजको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’को दुई दिनको इनिसियल व्यापार सुखद् नै रह्यो । दुवै दिन विदा परेकाले पनि व्यापारमा फाइदा पुगेको थियो । तर, आइतबारबाट फिल्मको व्यापार अपेक्षित हुन सकेको छैन । सामाजिक सञ्जालमा आइरहेका नकारात्मक टीका-टिप्पणीले फिल्मलाई असर गरेको देखिन्छ । यद्यपि, फिल्मको टिम व्यापारमा सुधार हुँदै जानेमा आशावादी छ ।

गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतले अब फिल्म ‘डेनी डेन्जरस’ बनाउने भएका छन् । बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरेका हुन् । पोस्टर हेर्दा फिल्म ग्याङ्स्टर कथामा बन्न लागेको प्रष्ट हुन्छ । रगतले रङ्गिएको पोस्टरमा बन्दुकदेखि चक्कुसम्म देखिन्छ । यो निश्चलको पाँचौं निर्देशकीय फिल्म हुनेछ ।


आगामी असोज २४ गते (फूलपाती)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘कसम बत्तीको’ बोलको गीतलाई विवाहको परिवेशमा तयार पारिएको छ । जसमा फिल्मका मुख्य अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाह दुलहा र दुलहीको भेषमा आकर्षक नृत्य गर्दै प्रस्तुत छन् ।