Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 895 - 900 of 24139
फिल्मीखबर, काठमाडौं, 2025-12-10, बुधवार

अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । पोस्टरमा हमालसहित फिल्मका कलाकारहरू सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत लगायतलाई देख्न सकिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2025-12-09, मंगलवार

चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेब्यु निर्देशकीय फिल्म ‘गोबर गणेश’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी वर्षा सिवाकोटी र निर्देशक श्रेष्ठलाई स्थान दिइएको छ । दुवै खुसी मुद्रामा देखिएका छन् । यसले फिल्ममा उनीहरूको प्रेम सम्बन्धलाई संकेत गर्छ । 

फिल्मीखबर, काठमाडौं, 2025-12-09, मंगलवार

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘पीआर’को शीर्ष गीत ‘पीआरको चक्करले’ सार्वजनिक गरिएको छ । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्मको उक्त गीतमा मानस राजको स्वर, शब्द र संगीत रहेको छ । गायनमा उनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् । गीतले विदेशको संघर्ष र पीआरका लागि सामना गर्नुपर्ने चुनौती र कठिनाइलाई व्यक्त गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-12-08, सोमवार

निर्देशक जौन योञ्जनको निर्देशनमा बनेको नेपाली फिल्म ‘आँखा’ले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो सफलता प्राप्त गरेको छ । हालै मलेसियामा सम्पन्न ६२औँ एसिया प्यासिफिक फिल्म महोत्सवमा यस फिल्मलाई ‘उत्कृष्ट फिल्म’ घोषित गर्दै अवार्ड प्रदान गरिएको छ । फिल्मकी मुख्य अभिनेत्री स्मिता लामिछानेले अवार्ड ग्रहण गरेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2025-12-08, सोमवार

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने नयाँ फिल्म ‘झिँगेदाउ २’को छायांकन सुरु गरिएको छ । सोमबार काभ्रेको पनौतीमा शुभमुहूर्त गरेपछि अभिनेता आर्यन सिग्देलले पहिलो सट दिए । फिल्मका लागि उनले लामो दाह्री पालेका छन् । उनको लुक्स हेर्दा फिल्ममा उनी गाउँले युवकको भूमिकामा देखिने अनुमान गर्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-12-08, सोमवार

द्वन्द्व निर्देशकको रुपमा परिचित चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक गरिएको छ । झन्डै २ मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे संकेत दिएको छ । भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको टिजरमा परदेशिन लागेको छोराप्रति आमाबुबाको प्रेमलाई मर्मस्पर्शी रूपमा देखाइएको छ ।

Results : 895 - 900 of 24139