
कुनै बेला नेपाली फिल्मको सफल जोडी हुन्, उत्तम प्रधान र निरुता सिंह । ‘दर्पण छायाँ’ उनीहरूको कालजयी फिल्ममध्ये मानिन्छ । यसपछि ‘लहना’, ‘अजम्बरी माया’, ‘सन्तान’ जस्ता फिल्ममा काम गरेका उनीहरू १२ वर्षदेखि एकसाथ फिल्ममा देखिएका छैनन् । त्यसो त दुवैले फिल्म नखेलेकै लामो समय भैसकेको छ । उत्तम भारतको सिक्किममा र निरुता मुम्बईमा बस्दै आइरहेका छन् ।

‘रुकुम मैकोट’ गीतका कारण चर्चामा रहेको फिल्म ‘खुस्मा’ संविधान दिवसको दिन पारेर भोलि बिहीबारदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्वसन्ध्यामा मंगलबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको थियो । मगर समुदायको नृत्य र बाजागाजाले रोमाञ्चक बनेको प्रिमियरमा फिल्मका शीर्ष अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी मगर पहिरनमा उपस्थित थिए ।

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यनले वेब सिरिज ‘स्टारडम’बाट निर्देशनमा डेब्यु गर्दैछन् । भारतीय फिल्म उद्योगको ‘चकाचौंध’ दुनियाँको कथामा आधारित रहेको सिरिजलाई लिएर महत्त्वपूर्ण जानकारी बाहिरिएको छ । यसमा बलिउडका दुई ठूला सुपरस्टार सलमान खान र शाहरुख खान देखिने भएका छन् । सिरिजमा उनीहरुको केमियो रहने बलिउड हंगामाले जनाएको छ ।

अभिनेत्री नीति शाहको पहिलो फिल्म ‘खजुरे ब्रो’ नराम्ररी पिटियो । न त उनको अभिनय रुचाइयो । तर पनि फिल्ममा उनको माग राम्रो देखिन्छ । यतिबेला उनको हातभरि फिल्म छन् । ‘रुखान’, ‘नरसिंहा अवतार’ र ‘मोहर’ गरी तीन फिल्म सम्झौता गरेर बसेकी उनको दोस्रो फिल्म ‘ज्वाइँ साब’ तिहारमा रिलिज हुँदैछ । यसरी हेर्दा डेब्यु फिल्मको असफलताले उनलाई असर गरेको देखिँदैन ।

फिल्म ‘रावायण’ व्यावसायिक रुपमा सफल भइदिए भए अभिनेता पल शाहको करिअर नै कायापलट हुन सक्थ्यो । उनलाई अपेक्षा पनि यही थियो । तर, फिल्मको नतिजा निकै निराशाजनक आएको छ । फिल्म बक्स अफिसमा पिटिएन मात्र, उनको अभिनयदेखि गेटअपसम्मको व्यापक आलोचना भयो । पल मुछिएको एक प्रकरणको असर फिल्मलाई परेको टीका-टिप्पणी पनि भइरहेको छ ।

अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँको अभिनय रहेको फिल्म ‘मायावी’ पूर्वघोषित मिति कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट पछाडि हटेको छ । यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’को प्रदर्शन मिति सारिएको हो । अब फिल्मलाई आगामी पुष २६ गतेबाट प्रदर्शन गरिने भएको छ । वितरक करण श्रेष्ठ (रिच इन्टरटेन्मेन्टका प्रमुख)ले यसको पुष्टि गरे ।