
अभिनयमा पारंगत मानिने कलाकार नीर शाहले आफ्नो ६ दशक लामो करिअरमा लोभीदेखि दयालु, धनाड्यदेखि प्रहरीसम्मका विभिन्न भूमिकामा जीवन्त अभिनय गरेका छन् । अब उनी नयाँ फिल्म ‘परान’मा बाबुको भूमिकामा देखिँदैछन् । भूमिका बुबाको भए पनि उनी फिल्मका मुख्य पात्र हुन्। अर्थात् कथाको केन्द्रमा नै उनी छन् । यो फिल्म कात्तिक १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कल्ली’को तिहारको अवसरमा आइतबार तीनवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । लक्ष्मण सुनारको कथा तथा निर्देशनमा बनेको यस फिल्मको पोस्टरले पात्रहरूको चरित्रचित्रण र कथावस्तुबारे संकेत गर्छ । तीन पोस्टरमा तनाव, क्रोध र पीडाको मिश्रण छ ।

अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीले पहिलो पटक फिल्ममा सहकार्य गर्ने भएका छन् । फिल्म ‘कस्तुरी’मा उनीहरूको जोडी बाँधिन लागेको हो । तिहारको अवसर पारेर आइतबार निर्माण घोषणा गरिएको यो फिल्मलाई ऋत बोहोराले निर्देशन गर्नेछन् । उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यसमा उनी स्वयंको कथा छ ।

गायक तथा संगीतकार बाबुल गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेकी छन् । शनिबार दिउँसो आफैँलाई जलाउने प्रयास गरेकी ती युवतीलाई स्थानीय र प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल पठाएका छन् ।

चर्चित हास्य कलाकार दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि दर्शकमाझ ल्याइएको ट्रेलरले फिल्मको भावनात्मक पृष्ठभूमि उजागर गर्दै परिवार, सम्बन्ध र संघर्षको कथालाई पेश गरेको छ । तर, फिल्मको मूल द्वन्द्व भने ट्रेलरमा स्पष्ट रूपमा खुलाइएको छैन ।

संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य अभिनेता तथा गायक अशोक दर्जीलाई केन्द्रमा राखिएको पोस्टरमा आँसु र हाँसोको मिश्रण देखिन्छ । अशोक ओठमा हाँसो लिएर आँखाबाट आँसुको अश्रुधारा बगाउँदै देखिएका छन् । यसले फिल्ममा अशोकको संघर्ष र सफलताको कथा रहेको देखाउँछ ।

