
गत बैशाखमा आएको फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले, बुझाईदेउ कसैले’ गीत सर्वाधिक चर्चित बन्यो । यही गीतले फिल्मलाई समेत ठूलो व्यावसायिक सफलता दिलाएको थियो । युट्युबमा यो गीतलाई ५ महिनामा साढे ३ करोडभन्दा बढीले हेरिसकेका छन् । यसपछि पनि दर्जनौं फिल्मका गीत आए । केहीले दुई/चार दिन राम्रै चर्चा र युट्युबमा भ्यूज पाए पनि त्यसपछि एकाएक सेलाए ।

अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छन् । उनले शनिबार फेसबुकमा श्रीमान् र आमा-बुबासँगको दुई तस्वीर सेअर गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी हुन् । उनले लगाएको टिसर्टमा ‘सुन टू वी ममी’ लेखिएको छ । र, उनलाई श्रीमान् (अरविन्द्र कटवाल)ले निधारमा चुम्बन गरेका छन् । प्रफुलित देखिएकी नन्दिताले प्रश्नवाचक चिह्न लेखिएको एउटा पेपर हातमा लिएकी छन् ।


‘मिस नेपाल वर्ल्ड’ प्रतियोगितालाई नेपाली फिल्मका लागि हिरोइन उत्पादन गर्ने कारखाना भन्ने गरिएको छ । र, देखिन्छ पनि त्यस्तै । पहिलो मिस नेपाल रुबी राणादेखि श्रृंखलाबद्ध रुपमा मिस नेपाल विजेताहरुको फिल्ममा आगमन भइरहेको छ । अब सन् २०२० मा ‘मिस नेपाल’ बनेकी नम्रता श्रेष्ठले पनि फिल्मी करिअर सुरु गर्ने भएकी छन् । फिल्म ‘रंगी’बाट उनी अभिनेत्री बन्न लागेकी हुन् ।

एउटै समयमा तीन फिल्म ‘दुःखी आत्मा’, ‘जेरी अन टप’ र ‘पिताम्बर’ छायांकनमा निस्किने भएपछि अभिनेत्री आँचल शर्मा तनावमा थिइन् । उनलाई यी तीन फिल्ममध्ये कम्तिमा एउटा छाड्नै पर्ने अवस्था देखिन्थ्यो । अन्ततः उनले ‘पिताम्बर’बाट हात झिकेकी छन् । उनी स्वयंले फिल्मीखबरसँगको कुराकानीमा समय नमिलेका कारण आफू सहमतिमै फिल्मबाट अलग भएको जानकारी दिइन् ।

‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा फिल्म ‘एक्टर : टेक वान’बाट ५ वर्षपछि अभिनयमा फर्किएकी छन् । पछिल्लो पटक सन् २०१९ मा आएको ‘द म्यान फ्रम काठमाडौं’मा देखिएकी उनले यसपछि केही फिल्म सम्झौता गरेको भए पनि ती निर्माण नै भएनन् । अब उनको आशा र भरोसा ‘एक्टर’माथि छ । यसमा उनले अहिलेका ‘स्टार’ अभिनेता प्रदीप खड्काको जोडी भएर काम गरेकी छन् ।