Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘चपली हाइट ३’ टिजरलाई दर्शकले भने- ‘प्रोमिसिङ’

फिल्मीखबर, काठमाण्डौ, 2020/03/08
यस वर्षको आशातित फिल्म हो, ‘चपली हाइट ३’ । हिट फिल्मको सिरिज भएका कारण यो फिल्मप्रति अपेक्षा उच्च छ । अहिले ब्रान्ड नामका फिल्मलाई मात्र दर्शकले विश्वास गरिरहेको अवस्थामा यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । नेपालमा सस्पेन्स-थ्रिलर जनरामा विरलै फिल्म निर्माण हुने भएकाले पनि फिल्मप्रति दर्शकमा चासो र उत्सुकता छ । 
 
 
यसबीच, शुक्रवार निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गर्‍यो । सस्पेन्स-थ्रिलर शैलीमा तयार पारिएको टिजर दर्शकलाई मन परेको छ । यो समाचार तयार पार्दासम्म सफलताको मानक मानिने नेपालको यूट्युब ट्रेन्डिङको १८औं स्थानमा रहेको टिजरलाई साढे १ लाखभन्दा बढीले हेरिसकेका छन् । साढे ४ हजारको आसपास लाइक्स मिलेको टिजरमा २ सय बढी कमेन्ट प्राप्त छन् ।
 
टिजर हेरेपछि दर्शकहरुले फिल्म राम्रो बनेको हुनसक्ने विश्वास व्यक्त गरेका छन् । सविता विष्ट यूट्युबको कमेन्ट बक्समा लेख्छिन्, ‘यस्तो पो हुनुपर्छ टिजर । नेक्स्ट लेभल ।’ दिलजित बोहोराले टिजर प्रोमिसिङ रहेको उल्लेख गरेका छन् । प्रायःलाई टिजरको सस्पेन्स पाटो र अर्पण थापाको लुक्स मन परेको छ । टिजरले दर्शकमा फिल्मप्रति अपेक्षा बढाएको कमेन्ट बक्स हेर्दा थाहा हुन्छ ।
 
निकेश खड्का निर्देशक ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको फिल्ममा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । भने, अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।
 
आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको निर्माण अर्जुन कुमार फिल्मस्को ब्यानरमा भएको हो । निर्देशक निकेश र निर्माता अर्जुन कुमारबीच यसअघि फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नाममा दुई फिल्म बनाउँदैछन् । यी फिल्मका नाम टिजरमा समेत राखिएको छ । 
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)