Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रजनीकान्तको घोषणा- ‘नेता बन्छु तर सिएम बन्दिनँ’

एजेन्सी, मुम्बई, 2020/03/12
 
सुपरस्टार रजनीकान्तले प्रेस कन्फ्रेन्सको आयोजना गर्दै आफ्नो राजनीतिक योजनाको बारेमा खुलासा गरेका छन् । उनले भनेका छन् कि उनी यस्तो पार्टी बनाउँदैछन्, जसमा सरकार र पार्टीले छुट्टै काम गर्नेछ । उक्त पार्टीको आफू नेता भए पनि सिएम नबन्ने उनको भनाई छ । उनको पार्टीको नियम यो हुनेछ कि नेता पार्टीको अगुवा हुनेछ तर ऊ कहिल्यै सरकारको हिस्सा हुनेछैन । 
 
बिहीवार चेन्नईमा प्रेस कन्फ्रेन्सको दौरान रजनीकान्तले भने, ‘सन् १९९६ देखि म राजनीतिमा आउने खबर छ । तर, ३१ डिसेम्बर २०१७ मा मैले भनेको थिएँ कि म राजनीतिमा प्रवेश गर्नेछु । त्यसैले कृपया यो भन्न छाड्नुहोस् कि म गएको २५ वर्षदेखि राजनीतिमा आउने कोशिश गरिरहेको छु ।’ उनले स्पष्ट के भनेका छन् भने जो मुख्यमन्त्री हुनेछ, ऊ पार्टीको अगुवा हुनेछैन । 
 
‘म पार्टीको नेता रहनेछु र अरु नै सिएमको क्यान्डिडेट हुनेछ,’ रजनीकान्तले थपे- ‘केही गलत भएको अवस्थामा पार्टीले हाम्रो सरकारसँग प्रश्न गर्नेछ । तमिलनाडुका लागि जुन प्लान हामीले तयार गरेका छौं, त्यो लिएर हामी जनताको बीचमा जानेछौं । यो प्लानलाई लिएर हामीले पत्रकार र अधिकारिहरुसँग कुरा गरेका थियौं तर कोही राजी भएनन् । अब हामी जनतामाझ जानेछौं ।’ 
 
प्रेस कन्फ्रेन्समा अभिनेता रजनीकान्तले आफ्नो राजनीतिक पार्टीको नामलाई लिएर कुनै खुलासा गरेका छैनन् । योसँगै उनी कहिले राजनीतिक पार्टी घोषणा गर्नेछन्, यसको तारिखको बारेमा पनि उनले कुनै औपचारिक जानकारी दिएका छैनन् । राजनीतिक पार्टी घोषणा गरेपछि उनले फिल्म अभिनयबाट सन्यास लिने बताइएको छ । तर, यसको बारेमा पनि उनले मुख खोलेका छैनन् ।
Most Visited News (monthly)