
अभिनेत्री रेखा थापाले अभिनय र निर्माण गर्ने बेनामे फिल्मको गीतमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालले आफ्नो स्वर रेकर्ड गराएकी छन् । यसै साता राजधानीका एक रेकर्डिङ स्टूडियोमा उनले फिल्मको गीत गाएकी हुन् । बाह्र वर्षको उमेरदेखि नै गीत गाउन थालेकी उनले गाएका ‘मायालु तिमी कता छौं’ र ‘कल्लाई था छैन्’ गीत हिट छन् ।

अभिनेता हुँदै फिल्म ‘ड्रिम्स’ बाट निर्देशक बनेका भुवन केसीले पछिल्लो पटक निर्माण गरेको फिल्म ‘क्याप्टेन’ हो । तर, यो फिल्मले बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेन । यसपछि उनले आफ्नो होम प्रोडक्सन काजल फिल्मस्को ब्यानरमा फिल्म ‘एन्टी हिरो’ बनाउने घोषणा गरे । फिल्ममा उनले अभिनेता अनमोल केसीसँग अभिनेत्री जसिता गुरुङको जोडी बाँधेका छन् ।

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ ले बक्सअफिसमा ठूलो व्यापार गर्न नसके पनि हलमा दर्शकको चाप भने विस्तारै बढाइरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्मले घरेलु बजारबाटै लगानी उठाउनेमा निर्मात्री शर्मिला पाण्डे विश्वस्त छिन् । फिल्मलाई दर्शक र समीक्षकबाट लोभलाग्दो प्रतिक्रिया मिलेको छ ।

बलिउड सुपरस्टार अजय देवगन अभिनीत फिल्म ‘तानाजी : द अनसंग वारियर’ ले प्रदर्शनको ४२औं दिनपछि पनि बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले अहिलेसम्म भारतीय बजारमा कूल २ सय ७६ करोड ९० लाखको व्यापार गरेको छ । त्यस्तै, फिल्मले विश्वभर ३ सय ५० करोडको कमाई गरेको भारतीय मिडियाले बताएका छन् । यो अजयको सयौं फिल्म समेत हो ।

‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको फिल्म ‘पारस’ मा अभिनेता अनमोल केसी अनुबन्ध भएका छन् । निर्माता द्वय भुवन केसी र माधव वाग्लेबीच लामो छलफलपछि अनमोल फिल्ममा भित्रिएका हुन् । मंगलवार दिउँसो निर्माता वाग्ले र अभिनेता अनमोलबीच कागजी सम्झौता भएको छ । भुवन केसी निर्माता रहने फिल्म सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुनेछ ।

अभिनेता अनमोल केसीको करिअर अहिले सफलताको उत्कर्षमा छ । अभिनय गरेका सातमध्ये पाँचवटा फिल्म सुपरहिट दिएका उनी अहिले फिल्म ‘ए मेरो हजुर ४’ को तयारीमा व्यस्त छन् । फिल्मको केही दिनयता वर्कसप चलिरहेको छ । डेब्यू फिल्मदेखि नै कुनै अभिनेत्रीसँग दोहोर्याएर काम नगरेका उनले यो फिल्ममा दोस्रो पटक अभिनेत्री सुहाना थापासँग रोमान्स गर्दैछन् ।

