
चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्व फिल्म बजार नै तहसनहस भएको छ । हलिउड/बलिउड जस्ता ठूलो उद्योगका अर्बौ/करोडौं लगानीमा निर्माण भएका फिल्मको प्रदर्शन अड्किएका छन् भने विश्वका हजारौं सिनेमा हलहरु बन्द छन् । नेपाली फिल्म क्षेत्रलाई पनि कोरोनाले थिलथिलो बनाएको छ । विगत तीन महिनादेखि फिल्म क्षेत्रका हरेक गतिविधि ठप्प छन् ।

फिल्म क्षेत्रमा कोही सत्रु र कोही मित्र हुँदैन भनिन्छ । एकअर्काका कट्टर दुश्मन क्षणमै मित्र भएका र घनिष्ट मित्र क्षणमै दुश्मन भएका उदाहरण फिल्म क्षेत्रमा बग्रेल्ती छन् । नेपाली फिल्मकर्मीबीच दुई खालका सम्बन्ध स्थापित भएको पाइन्छ, देखावटी र वास्तविक । कति मिडियाको अगाडि प्रगाढ सम्बन्ध देखाउने नाटक गर्छन् भने कतिको वास्तविक रुपमा नै सुमधुर सम्बन्ध हुन्छ ।

साउथ फिल्म ‘बाहुबली’ श्रृंखलामा ‘शिवगामी देवी’ को भूमिका निर्वाहा गरेर चर्चामा आएकी अभिनेत्री राम्या कृष्णनले नब्बेको दशकमा एक दर्जनभन्दा बढी हिन्दी फिल्ममा काम गरेकी थिइन् । तर, लामो समयदेखि उनलाई दर्शकले बलिउड फिल्ममा देख्न पाएका छैनन् । उनले ‘खलनायक’, ‘क्रिमिनल’, ‘शपथ’, ‘बडे मियाँ छोटे मियाँ’ जस्ता हिन्दी फिल्ममा काम गरिसकेकी छन् ।

अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नातावादका कारण अभिनेता सुशान्त सिंह राजपूत डिप्रेसनमा पुगेको र त्यही कारण आत्महत्या गरेको अभिव्यक्ति दिएपछि अहिले बलिउडमा नातावादको विषयमा एकपटक फेरि बहस चर्किएको छ । यसको बाछिटा नेपाली फिल्म क्षेत्रमा पनि देखिएको छ । केही सेलिब्रेटीहरु नेपाली फिल्ममा व्याप्त नातावादको विरोध गरिरहेका छन् ।

नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले यही असार १६ गते आफ्नो २०औं वार्षिकोत्सव मनाउँदैछ । वि.सं. २०५७ साल असार १६ गते स्थापना भएको बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रपति निवासमा राष्ट्रपतिको हातबाट फिल्मकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने गरेको छ । गत वर्ष तीन वर्षको राष्ट्रिय पुरस्कार एकैपटक बाँडिएको थियो ।

अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का र दर्शकको नाडी छामेर मनछुने लभस्टोरी फिल्म पस्कन सिपालु मानिने निर्देशक दिनेश राउतबीच टिमअप भएको हेर्ने धेरैलाई इच्छा थियो । दुवै लभस्टोरी जनरामा फिट मानिने भएका कारण पनि दर्शकहरु उनीहरुबीच टिमअपको प्रतिक्षामा थिए । यसअघि फिल्म ‘भैरवी’ मा दुईबीच टिमअप भए पनि यो फिल्म बन्न सकेको थिएन ।

