
बलिउड सुपरस्टार सुशान्त सिंह राजपूतको सुसाइडको खबरले सबैलाई ठूलो झट्का दिएको छ । उनको परिवार, साथीसंगी र बलिउड शोकमा छ । सुशान्तको आत्महत्याको जानकारी उनको घरमा काम गर्ने नोकरले दिएका थिए । अब पुलिस उनले आत्महत्या गर्नुको कारणबारे जाँच गरिरहेको छ । उनी मुम्बईमा रहेको आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।


बलिउड अभिनेता अमिताभ बच्चन र आयुष्मान खुराना अभिनीत फिल्म ‘गुलाबो सिताबो’ १२ जूनबाट अमेजन प्राइममा रिलिज भइसकेको छ । कोरोनाका कारण जारी लकडाउनपछि घरभित्रै रहेका अभिनेता अमिताभले घरमै बसेर आफू अभिनीत फिल्म हेरेका छन् । उनले परिवारसँग घरमै बसेर पहिलो पटक फिल्म हेरेको भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।


नेपाली फिल्मकी सुन्दरी अभिनेत्री नम्रता श्रेष्ठ आइतवारबाट ३५ वर्षमा लागेकी छन् । हरेक प्रकारका भूमिकामा आफूलाई ढाल्न सिपालु मानिने उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछिन् । कोरोना भाइरसका कारण जारी लकडाउनपछि घरभित्रै सीमित रहेकी उनलाई सामाजिक सञ्जालमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

अभिनेत्री मनिषा कोइरालाले सरकारको कार्यशैलीको विरोधमा युवाहरुले चर्काएको आन्दोलनको समय ठिक नभएको बताएकी छन् । उनले शनिवार नयाँ नक्सालाई आधिकारिकता दिन संसद भवनमा संविधान संशोधन गर्न लागिएकाले आजका दिन सरकार विरोधी प्रदर्शन गर्नु ठिक नहुने उनको भनाई छ । यो आग्रह अन्य सेलिव्रेटीहरुले गरे पनि प्रदर्शन भने रोकिएको छैन ।

