
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि फिल्म निर्माण र प्रदर्शन पूर्णरुपमा रोकिएका छन् । यो अवस्था कहिलेसम्म रहन्छ, कुनै टुंगो छैन । लकडाउन खुलेको लामो समयसम्म फिल्म क्षेत्र चलायमान हुन समय लाग्ने भएकाले निर्माता तथा निर्देशकहरु निर्माण सम्पन्न फिल्मको प्रदर्शन मिति तोक्ने र नयाँ फिल्मको घोषणा गर्न हतारिएका छैनन् ।

कोरोनाले नेपाली फिल्म क्षेत्र पूरै तहसनहस बनाएको छ । यसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनपछि फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । जसले गर्दा हजारौं बेरोजगार भएका छन् भने प्राविधिकहरुलाई बिहान बेलुकाको छाक टार्नै समस्या भएको छ । करोडौं ऋण लिएर बनाएका हल बन्द हुँदा हल सञ्चालकहरु पनि उस्तै मारमा छन् ।

अभिनेता सुशान्त सिंह राजपूतले गएको आइतवार आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरे । यसपछि बलिउडमा ‘नेपोटिज्म’ को विषयमा बहस चर्किएको छ । अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नातावादका कारण सुशान्तले आत्महत्याको बाटो रोजेको अभिव्यक्ति दिएपछि नेपाली फिल्म क्षेत्रमा पनि गएको दुई दिनयता यस विषयमा चर्को रुपमा बहस भैरहेको छ ।


बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपाली फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ को विषयमा बहस सुरु भएको छ । सुशान्तले आत्महत्या गर्नुको कारण बलिउडमा जरा गाँडेर बसेको नातावाद रहेको भन्दै बलिउड फिल्मकर्मीहरुले यसविरुद्ध आवाज उठाएका छन् । नेपाली सेलिब्रेटीहरुले पनि नेपाली फिल्म क्षेत्रमा बढ्दो नातावादको विषयमा आफ्नो भनाई राखिरहेका छन् ।

अभिनेता सुशान्त सिंह राजपूतले बलिउडमा बढ्दो नातावादका कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यसलाई लिएर बलिउडमा नातावादको विषयमा बहस सुरु भएको छ । फिल्म ‘दबंग’ का निर्देशकमध्ये एक अभिनव कश्यपले सोसल मिडियामा एक पोस्ट लेखेका छन्, जसमा उनले सलमान खान र उनको परिवारमाथि गम्भीर आरोप लगाएका छन् ।

