
भारतको मुम्बईमा बसेर बलिउड प्रवेशका लागि संघर्षरत नेपाली अभिनेत्री निरिषा बस्नेतले आफ्नो कोरोना भाइरसको रिपोर्ट अझै पोजेटिभ रहेको बताएकी छन् । शनिवार अस्पतालबाट डिस्चार्ज भएकी उनले दुई हप्ताअघि छातीमा समस्या देखिएपछि स्वास्थ्य परिक्षण गराउँदा कोरोनाको संक्रमण देखिएको थियो । यसपछि उनी भारतको एक अस्पतालमा भर्ना भएकी थिइन् ।

कोरोना भाइरस (कोभिड १९) का कारण गएको तीन महिनादेखि फिल्म निर्माण, प्रदर्शनदेखि सिनेमा हलसम्म सम्पूर्ण बन्द छन् । भीडभाड हुने क्षेत्र भएकाले सरकारले लकडाउनभन्दा अगाडि नै सिनेमा हल बन्द गर्न निर्देशन दिएको थियो । हल बन्द भएपछि प्रदर्शन मिति घोषणा गरिएका आधा दर्जन बढी फिल्मको प्रदर्शन रोकियो । लकडाउनपछि छायांकनरत फिल्म पनि रोकिए ।

अभिनेत्री निरिषा बस्नेतले कोरोना भाइरस (कोभिड १९) लाई जितेकी छन् । गएको दुई हप्ताअघि स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको शंका लागेर उनले आरटीटी परिक्षण गराएकी थिइन् । उक्त परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । निरिषाले कोरोना जितेर घर फर्किएको उनका पिता तथा अभिनेता विश्व बस्नेतले जानकारी दिएका छन् ।

विश्वभर विपत्त निम्त्याएको कोरोना भाइरसको महामारीले देश थिलथिलो बनेको छ । यसको संक्रमण फैलिन नदिन गरिएको लकडाउन तीन महिनापछि लुजडाउनमा बदलिए पनि संक्रमितको संख्या दिन दुई गुना, रात चौगुना हुँदै फैलिरहेको छ । यो भाइरसको संक्रमण न्यूनिकरणका लागि सरकारले खासै राम्रो अभ्यास गर्न सकेको गुनासो नागरिकहरुले गरिरहेका छन् ।

हलिउडको सर्वाधिक चर्चित फिल्म ‘अवतार’ को सिक्वेलको घोषणा २०२० मा भएको थियो । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण फिल्मको छायांकन अनिश्चितकालका लागि रोकिएको थियो । फिल्मलाई जेम्स क्यामरुनले निर्देशन गर्दैछन् । यसको पहिलो पार्टले २ बिलियन ७ सय ८७ मिलियन अमेरिकी डलरभन्दा बढी कमाई गरेको थियो ।

कोभिड १९ का कारण फिल्म क्षेत्र शून्यको अवस्थामा छ । यो विषम परिस्थितिबाट फिल्म क्षेत्रलाई उठाउन के गर्नुपर्छ भन्ने विषयमा फिल्मकर्मीहरु गम्भीर हुनुपर्ने अवस्थामा गएको केही दिनयता ‘नेपोटिज्म’ को मुद्धामा फिल्म क्षेत्र अल्झिएको छ । अभिनेत्री नम्रता सापकोटाले फिल्म क्षेत्रमा नातावाद व्याप्त रहेको बताएपछि अहिले यही विषयमा तर्क वितर्क भइरहेको छ ।

