Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8293 - 8298 of 23766
फिल्मीखबर, काठमाण्डौ, 2020-03-02, सोमवार

दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कान्छी’ पछि पर्दामा नदेखिएकी अभिनेत्री श्वेता खड्का क्यान्सर अस्पताल निर्माणमा जोडिएकी छन् । उनीसहित क्यान्सर रोग विशेषज्ञ डाक्टरहरुको समुहले गोदावरी नगरपालिकाको छम्पीमा निर्माण गर्न लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको सोमवार शिलन्यास गरिएको छ । अस्पतालको निर्माण दुई वर्षभित्र पूरा हुनेछ ।  

फिल्मीखबर, काठमाडौं, 2020-03-02, सोमवार

म्यूजिक भिडियो निर्देशक कमल एकचै मगरको निर्देशनमा फिल्म ‘डेसान’ बन्ने भएको छ । यही बुधवारबाट छायांकनमा जान लागेको यो फिल्मबाट निशान चौहानले नायकको रुपमा डेब्यू गर्दैछन् । ‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ का विजेता समेत रहेका उनी बाल्यकालदेखिको हिरो बन्ने सपना ‘डेसान’ बाट पूरा हुन लागेकोमा खुसी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-03-02, सोमवार

रोहित शेट्टी निर्देशित फिल्म ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखि दर्शकमाझ यो फिल्मको ट्रेलरको प्रतिक्षा थियो । अभिनेता अक्षय कुमारको यो फिल्ममा ‘सिंघम’ उर्फ अजय देवगन र ‘सिम्बा’ उर्फ रणवीर सिंह पनि देखिँदैछन् । त्यस्तै, अभिनेत्री कटरीना कैफसँग अक्षयको केमेस्ट्री एकपटक फेरि पर्दामा देखिनेछ । ‘सूर्यवंशी’ को ट्रेलर जबरजस्त बनेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-03-02, सोमवार

दशैंको विदामा फिल्म प्रदर्शन गर्दा लगानी उठ्ने लगभग ग्यारेन्टीझैँ हुन्छ । दशैंमा लामो विदा हुने भएका कारण दर्शकको ठूलो भीड हलसम्म आउने सोचाइले नेपाली निर्माताबीच दशैं विदामा फिल्म प्रदर्शन गर्न हानाथाप हुने गरेको छ । यस वर्षको दशैंको घटस्थापना र फूलपातीमा पनि फिल्म प्रदर्शनका लागि ठूलो रस्साकस्सी भएको थियो । तर, कुनै फिल्मबीच भिडन्त भने भएन । 

फिल्मीखबर, काठमाण्डौ, 2020-03-02, सोमवार

अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘कृ’ को निर्देशन गरेका सुरेन्द्र पौडेल यतिबेला नयाँ फिल्मको तयारीमा छन् । चैत पहिलो हप्ताबाट छायांकन सुरु हुने बताइएको फिल्मको यही बिहीवार औपचारिक निर्माण घोषणा गरिँदैछ । प्राप्त जानकारी अनुसार, फिल्मको नाम ‘बेन्जो’ राखिएको छ । तर, निर्देशक पौडेलले फिल्मको नाम र कास्टलाई लिएर कुनै जानकारी दिएका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-03-01, आईतवार

रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ ले प्रदर्शनको पहिलो हप्ता बक्सअफिसमा राम्रो कमाई गर्न सफल भएको छ । आइतवार निर्माण टिमले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका राजधानी र मोफसलका वितरकले शनिवारसम्मको व्यापार आँकडा सार्वजनिक गरेका छन् । वितरकको रिपोर्ट अनुसार, फिल्मको ९ दिने कमाई ४ करोडमाथि छ । 

Results : 8293 - 8298 of 23766
Most Visited News (monthly)