
पछिल्लो समय टिकटक निकै लोकप्रिय बन्दै गएको छ । यसले हरेक उमेर समुहका व्यक्तिको मन जितेको छ । घरमै मोबाइलबाट आफ्नो अभिनय क्षमता प्रस्तुत गर्न सहज भएकाले यसले व्यापकता लिएको हो । सर्वसाधारणझैँ नेपाली सेलिब्रेटीमाझ पनि टिकटकको क्रेज कम छैन । अभिनेत्री करिश्मा मानन्धरदेखि साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मको टिकटक एकाउन्ट छ ।

कस्ट्यूम डिजाइनर हुँदै फिल्म निर्देशक बनेका जोएल शूमाकरको सोमवार निधन भएको छ । उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । उनले ‘द लास्ट ब्वाइज’, ‘फलिङ डाउन’ र ‘ब्याटम्यान’ फिल्मको निर्देशन गरेका थिए । निर्देशक जोएलका एक प्रतिनिधिका अनुसार, लामो समयदेखि क्यान्सरसँग लडिरहेका उनको ८० वर्षको उमेरमा न्यूयोर्कमा निधन भएको हो ।

अभिनेत्री रीमा विश्वकर्मालाई फिल्म अभिनयभन्दा उद्घोषण पेशा बढी फापेको छ । ‘नेपाल आइडल’ को दुई सिजन सञ्चालन गरेपछि उनी दुरदराजसम्म परिचित भइन् । आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेर पनि उनले यो लोकप्रियता हासिल गर्न सकेकी थिइनन् । यसकारण पनि धेरैले उनलाई फिल्म अभिनयभन्दा उद्घोषणलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या जस्तो ठूलो कदम उठाएपछि बलिउडमा एकपटक फेरि नेपोटिज्मको विषयमा बहस चर्किएको छ । अभिनेत्री कंगना रनावतले बलिउडमा मौलाएको नातावादका कारण सुशान्त डिप्रेसनको शिकार भएको र आत्महत्याको बाटो रोजेको अभिव्यक्ति दिएपछि यस विषयमा बलिउड फिल्मकर्मीबीच तर्क-वितर्क भैरहेको छ ।

कोभिड १९ का कारण तीन महिनादेखि जारी लकडाउन अहिले लुजडाउनमा परिणत भएको छ । तर, कोरोनाको भयले अझै मानिसहरु निर्भिक रुपमा घरभन्दा बाहिर निस्कन सकेका छैनन् । अभिनेता अनमोल केसी पनि गएको तीन महिनादेखि घरभित्रै सीमित छन् । यद्यपि, उनी हप्तामा एक-दुईपटक बुढानिलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा पूजाआजा गर्न पुग्ने गर्दछन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि नेपाल फिल्म क्षेत्रमा नेपोटिज्मको विषयमा बहस चर्किएको छ । यस विषयमा फिल्मकर्मीहरुले फरक-फरक धारणा राखिरहेका छन् । नेपाली फिल्ममा मौलाएको नेपोटिज्मले प्रतिभावान कलाकारहरु डिप्रेसनको शिकार भएको कतिको धारणा छ । भने, कतिले अहिले नै यी कुरा गर्ने समय नभएको भनाई राखेका छन् ।

