Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8281 - 8286 of 24024
फिल्मीखबर, काठमाडौं, 2020-06-25, बिहिवार

सेलिब्रेटीहरु सकेसम्म प्रेम सम्बन्ध लुकाउन चाहन्छन् । यसले करिअरलाई असर गर्ने सोचाइका कारण उनीहरु प्रेम सम्बन्ध गोप्य राख्नु निको ठान्छन् । कतिलाई भने यी कुनै कुराको प्रवाह हुँदैन । ती जोडी एकअर्काप्रति प्रेम अभिव्यक्त गर्न कुनै माध्यम बाँकी राख्दैनन् । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह यसका उदाहरण हुन् । खुल्लम खुल्लम प्रेममा रमाएको जोडी हो यो ।

फिल्मीखबर, काठमाडौं, 2020-06-25, बिहिवार

लकडाउनको समयमा नेपाली कलाकारहरुले सबैभन्दा बढी मिस के गरिरहेका होलान् ? यो कुरा जो कोहीले अनुमान गर्न सक्छ । उनीहरुलाई फिल्म वा म्यूजिक भिडियोको सेटमा विताएका पल सबैभन्दा धेरै याद आइरहेको छ । फेरि पहिलेझैँ कहिलेबाट एक्सन कटमा रमाउन पाइएला भनेर उनीहरु पर्खेर बसेका छन् । तर, लकडाउन पूर्ण रुपमा नखुलेसम्म यो सम्भव छैन । 

फिल्मीखबर, काठमाडौं, 2020-06-25, बिहिवार

कोभिड १९ बाट बच्न लकडाउनको घोषणा भएपछि लामो समय घरभित्रै नजरबन्द भइन्, साम्राज्ञी आरएल शाह । लकडाउनको सुरुवाती केही दिन परिवारसँग समय विताउन पाउँदा उनी खुसी थिइन् । उनले लकडाउनमा वितेको आफ्नो दैनिकीको जानकारी इन्स्टाग्राममार्फत् दिइरहेकी हुन्थिन् । बढीजसो उनी इन्स्टा स्टोरीमा घरमा पाकेका परिकारका तस्विरहरु शेयर गर्ने गर्थिन् ।

एजेन्सी, मुम्बई, 2020-06-24, बुधवार

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको विषय चर्किएको छ । यो विषयमा बलिउड अभिनेत्री आलिया भट्टकी आमा सोनी राजदानले पनि आफ्नो भनाई सार्वजनिक गरेकी छन् । उनले ट्विटरमा प्रश्न गर्दै लेखेकी छन्, ‘जो नेपोटिज्मको विषयमा हल्ला गर्दैछन्, के उनीहरुको सन्तान इन्डस्ट्रीमा काम गर्न चाहेको खण्डमा सपोर्ट गर्छन् ?’ 

फिल्मीखबर, काठमाण्डौ, 2020-06-24, बुधवार

सुन्दरी अभिनेत्री गरिमा पन्त काँचको पर्दामा नदेखिएको लामो समय भइसकेको छ । बेल्जियम निवासी हरि शर्मा थपलियासँग लगनगाँठो कसेपछि उनी सक्रिय अभिनय जीवनबाट टाढा भइन् । उनी पछिल्लो पटक फिल्म ‘तीन घुम्ती’ मा देखिएकी थिइन् । श्रीमानसँग बेल्जियममा बस्दै आएकी उनी लकडाउन हुनुभन्दा अगाडि पारिवारिक भेटघाटका लागि नेपाल आएकी थिइन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-06-24, बुधवार

कोरोना भाइरसका कारण विश्व फिल्म बजार तहसनहस भएको छ । विगत चार महिनादेखि विश्वका अधिकांश मुलुकमा फिल्म निर्माण र प्रदर्शन ठप्प छ । लाखौं सिनेमा हल बन्द छन् । यो अवस्था कहिलेसम्म रहन्छ, कुनै टुंगो छैन । सिनेमा हल बन्द हुँदा अहिले विश्वमा डिजिटल प्लेटफर्ममा फिल्म हेर्ने दर्शक बढेका छन् । नेपालमा पनि धेरैको यसतर्फ आकर्षण बढेको छ ।

Results : 8281 - 8286 of 24024
Most Visited News (monthly)