
अपवाद छाड्ने हो भने नेपाली फिल्मका अधिकांश कलाकारले म्यूजिक भिडियोमा अनुहार देखाइसकेका छन् । राजेश हमाल, पूजा शर्मा, आकाश श्रेष्ठ, पल शाह, पुष्प खड्का, आँचल शर्मालगायत फिल्मसँगै म्यूजिक भिडियोको दुनियाँमा पनि चलेका नाम हुन् । एकै दिनमा छायांकन सकिने र पारिश्रमिक पनि राम्रो पाइने हुँदा यसतर्फ कलाकारहरुको आकर्षण बढ्दो छ ।

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउड इन्डस्ट्रीमा नेपोटिज्मको विषयमा बहस छेडिएको छ । तर, फिल्म इन्डस्ट्रीमा कयौं यस्ता स्टार किड्स पनि छन्, जसले आफ्नो करिअरका लागि निकै मेहेनत गरेका छन् । नब्बेको दशकमा राजकुमार सन्तोषीले फिल्म ‘घायल’ बनाउनका लागि कयौं निर्मातासँग भेटे । तर, सनी देओलको यो फिल्म बनाउन कसैले इच्छा देखाएनन् ।

केही दिनयता नेपाली फिल्म क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्मको विषयमा व्यापक रुपमा बहस भइरहेको छ । यस विषयमा हरेकको आ-आफ्नै तर्क छ । फिल्म क्षेत्रमा मौलाएको नेपोटिज्मले प्रतिभावान व्यक्ति डिप्रेसनको शिकार भएको कतिको धारणा छ । भने, कति नेपाली फिल्म क्षेत्रमा कुनै ‘इज्म’ नभएको दाबी गर्छन् । कसैको भने फिल्म क्षेत्रमा ग्रुपिज्मको समस्या रहेको भनाई छ ।

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपाली फिल्म क्षेत्रमा नातावादको बहस चर्कियो । यस विषयमा अझै पनि नेपाली फिल्मकर्मीहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् । नातावादको विषयमा तर्क-वितर्क भइरहँदा अभिनेता पल शाहले भने फरक मुद्धा उठाए । कलाकारहरुले वर्षौंसम्म फिल्ममा काम गरेको पारिश्रमिक नपाउने गरेको उनको गुनासो र चिन्ता छ ।

नेपाली फिल्मका लागि एउटा ब्रान्ड नाम हो, रेखा थापा । अभिनेत्रीको नामले पनि दर्शकलाई हलसम्म डोहोर्याउन सक्छ भन्ने उदाहरणकी पात्र हुन्, उनी । यसकारण पनि आफ्नो फिल्मी करिअरमा उनको अभिनेत्रीसँग नभइ अभिनेतासँग प्रतिस्पर्धाको चर्चा हुने गर्दथ्यो । राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायतका अभिनेतासँग उनको एकसमय राम्रै वाकयुद्ध थियो ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबरले हर कोही स्तब्ध छन् । उनले आत्महत्याको बाटो रोज्नुलाई धेरैले बलिउडमा व्याप्त नातावाद रहेको अरोप लगाएका छन् । गएको केही दिनयता उनका प्रशंसकहरु सोसल मिडियामा उनको न्यायको माग गरिरहेका छन् । यसबीच, सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिज मिति घोषणा गरिएको छ ।

