
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले शुक्रवार आफ्नो इन्स्टाग्राममा शेयर गरेको एक भिडियोले यतिबेला फिल्म क्षेत्र तातेको छ । उक्त भिडियोमा उनले ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताउँदै केही फिल्मको सुटिङ सेटमा खाना र पानी उपलब्ध गराउन आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी छन् ।

अभिनेता अभिषेक बच्चन अहिले आफ्नो नयाँ वेब सिरिज ‘ब्रिद इन्टू द स्याडोज’ का कारण चर्चामा छन् । यसबीच, उनले एक ठूलो खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा आफूले इन्टिमेट सिनका कारण कयैन् फिल्म गुमाएको बताएका छन् । छोरी आराध्याको जन्मपछि धेरै कुरा बदलिएको र अब आफू छोरीलाई असहज महशुस हुने गरि कुनै सिन नगर्ने उनको भनाई छ ।

निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काको मित्रतालाई नेपाली फिल्म क्षेत्रमा उदाहरणको रुपमा लिने गरिन्छ । यहाँ एउटा फिल्ममा काम गरेपछि प्रायः निर्माता र कलाकारबीच मनमुटाव सुरु हुन्छ । तर, फिल्म ‘प्रेमगीत’ बाट गाँसिएको सन्तोष र प्रदीपको व्यावसायिक सम्बन्धमा आजसम्म कुनै समस्या आएको छैन । उनीहरुको सम्बन्ध एकअर्काप्रतिको विश्वासमा टिकेको छ ।

नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् ? यसको जवाफ ५ कक्षामा पढ्दै गरेको एक बालकले पनि फ्याट्ट दिनसक्छ । नेपालमा ७७ जिल्ला, १४ अञ्जल र ७ प्रदेश छन् । तर, नेपाली फिल्मकी एक अभिनेत्रीले नेपाललाई ७७ जिल्लाबाट १४ जिल्लामा झारिदिएकी छन् । नेपाली नागरिक भएर नेपालमा कति जिल्ला र प्रदेश छन् भन्ने सामान्य ज्ञान पनि नभएकी अभिनेत्री हुन्, पूजा शर्मा ।

अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी आइतवार आफ्नो जन्मदिन मनाउँदैछिन् । उनलाई फिल्मकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । भारतको मुम्बईमा बसेर बलिउड प्रवेशका लागि संघर्षरत उनी लकडाउन हुनुभन्दा दुई हप्ताअघि नेपाल आएकी थिइन् ।

विश्वभर भयावह रुप लिएको कोरोना भाइरसका कारण विश्व फिल्म बजार प्रभावित भएको छ । संक्रमणको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले महिनौंदेखि विश्वभर सञ्चालनमा रहेका लाखौं सिनेमा हलहरुमा ताला लागेका छन् । फिल्म निर्माण र प्रदर्शन पनि ठप्प छ । जसले गर्दा विश्व फिल्म उद्योगले अर्बौंको घाटा बेहोरिसकेको छ । यो अवस्था अझै कहिलेसम्म रहन्छ, कुनै टुंगो छैन ।

