
बलिउडबाट भित्रिएको नेपोटिज्मको बहसले नेपाली फिल्म क्षेत्र तातिरहँदा अभिनेत्री साम्राज्ञी आरएल शाहले गएको शुक्रवार आफूमाथि निर्माता तथा निर्देशकले फिल्मको सुटिङ सेटमा गरेको नराम्रा व्यवहारको पोल खोलिन् । ५ वर्षको अवधिमा काम गरेका ८ फिल्ममध्ये तीन ब्यानरले आफूमाथि गरेको नराम्रो व्यवहार शब्दमा व्यक्त गर्न नसक्ने उनको भनाई थियो ।

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिज्मको विषयमा बहस चर्किएको छ । यसबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो बन्न सकेन । अभिनेत्री नम्रता सापकोटाले एक भिडियोमार्फत् नेपाली फिल्म क्षेत्रमा मौलाएको नेपोटिज्मले प्रतिभावान कलाकारहरु डिप्रेसनको शिकार भएको बताएपछि यस विषयमा विभिन्न फिल्मकर्मीहरुले आफ्नो धारणा राखिरहेका छन् ।

कोरोना भाइरसका कारण बलिउडका निर्माता तथा निर्देशक फिल्मलाई सिनेमा घरमा रिलिज गर्ने पक्षमा देखिएका छैनन् । एकपछि अर्को फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भइरहेका छन् । अब चाँडै मल्टीस्टारर फिल्म ‘सडक २’ पनि अनलाइनमा रिलिज हुने भएको छ । निर्देशक महेश भट्टले आफ्नो यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गर्ने निर्णय गरेका छन् ।

कोरोना भाइरसबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि नेपाली फिल्मको छायांकन र प्रदर्शन पूर्ण रुपमा प्रभावित भएका छन् । गएको तीन महिनाको अवधिमा करोडौंको घाटा बेहोरिसकेको फिल्म क्षेत्र अझै कहिलेसम्म डाउनको अवस्थामा रहन्छ, अत्तोपत्तो छैन । लकडाउन खुलेको लामो समयसम्म पनि फिल्म क्षेत्रमा पहिलेको जस्तो चहलपहल हुने सम्भावना न्यून छ ।

दुई वर्ष अगाडि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टीमा घोषणा गरिएको फिल्म हो, ‘आइ एम ट्वान्टी वान’ । तर, यो फिल्मको अहिलेसम्म छायांकन सुरु हुन सकेको छैन । फिल्मका लागि लिड अभिनेतामा धिरज मगर र अभिनेत्रीमा जसिता गुरुङ अनुबन्ध भएकै एक वर्षभन्दा बढी भइसकेको छ । फिल्मका लागि उनीहरु गएको ६ महिनादेखि वर्कसप पनि गरिरहेका छन् ।

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि नेपाली फिल्म क्षेत्रमा करीब एक साता नेपोटिज्म र ग्रुपिज्मको बहसले स्थान पायो । यसपछि अभिनेता पल शाहले पारिश्रमिकको मुद्धा उठाए । उनले फिल्ममा काम गरेको पारिश्रमिक निर्माताले विभिन्न बहाना बनाएर वर्षौंसम्म झुलाउने गरेको गुनासो पोखेपछि यो विषयमा अन्य कलाकारहरुले पनि आफ्नो भनाई राखिरहेका छन् ।

