Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8257 - 8262 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2020-07-01, बुधवार

अमेरिकन कमेडियन, राइटर, एक्टर तथा डाइरेक्टर कार्ल रीनरको ९८ वर्षको उमेरमा निधन भएको छ । रीनरकी असिस्टेन्ट जूडी न्यागीका अनुसार, कार्लको क्यालिफोर्नियाको बेवर्ली हिल्सस्थित आफ्नै घरमा सोमवार राती निधन भएको हो । उनको निधनले हलिउड स्तब्ध भएको छ । सामाजिक सञ्जालमा हलिउड कलाकार तथा शुभचिन्तकहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-01, बुधवार

अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञी आरएल शाहले ५ वर्षको अवधिमा काम गरेका ८ फिल्मध्ये तीन फिल्मको सुटिङमा निर्देशक र निर्माताबाट आफूले घिनलाग्दो व्यवहार सहनु परेको खुलासा गरेपछि अहिले फिल्म क्षेत्रमा यही विषयमा चर्चा भैरहेको छ । आफूमाथि भएको दुर्व्यवहारको विरुद्ध आवाज उठाउने हिम्मत गरेकोमा धेरै फिल्मकर्मीहरुले साम्राज्ञीको प्रशंसा गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2020-07-01, बुधवार

कोरोना भाइरसले नेपालका हरेक क्षेत्र अस्तव्यस्त भएको छ । यसबाट फिल्म क्षेत्र पनि अछुतो छैन । लकडाउनपछि सयौं सिनेमा हलमा ताला लागे । फ्लोरमा रहेका फिल्म रोकिए । प्रदर्शनको तयारीमा रहेका फिल्म कम्प्यूटरको हार्ड डिस्कमै थन्किए । फिल्म क्षेत्र पहिलेको जस्तो अवस्थामा कहिले फर्किन्छ, कुनै टुंगो छैन । यही अवस्था रहे फिल्म क्षेत्र थप धरासायी हुने निश्चित छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-01, बुधवार

कोरोना भाइरसको महामारीका कारण फिल्म क्षेत्र तीन महिनादेखि ठप्प छ । सामान्य अवस्था हुँदा फिल्मको व्यापारदेखि एकै मितिमा ठूला फिल्महरु भिड्न लागेका खबरले फिल्म क्षेत्र तात्ने गर्थे । लकडाउनपछि कलाकारहरुको अभिव्यक्तिले उत्पन्न विवादले स्थान पाइरहेका छन् । सम्भवतः नेपाली फिल्म क्षेत्र यति धेरै विवादको साक्षी भएको यो पहिलो पटक हो । 

एजेन्सी, मुम्बई, 2020-06-30, मंगलवार

अक्षय कुमार र कटरीना कैफ स्टारर फिल्म ‘सूर्यवंशी’ कोरोना भाइरसका कारण सिनेमा हलमा नभइ ओटीटी प्लेटफर्ममा रिलिज हुने हल्ला थियो । तर, निर्देशक रोहित शेट्टीले आउँदो दिपावलीमा फिल्म रिलिज गर्ने घोषणा गरेका छन् । त्यस्तै, रणवीर सिंह स्टारर फिल्म ‘८३’ को प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो फिल्म यस वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2020-06-30, मंगलवार

कोरोना भाइरसका कारण तीन महिनादेखि फिल्म क्षेत्र ठप्प छ । फिल्म निर्माण नहुँदा व्यस्त कलाकारहरु पनि फुर्सदिला भएका छन् । लकडाउनअघि फिल्म वा म्यूजिक भिडियोको छायांकनका कारण विरलै परिवारसँग समय विताउन पाएका उनीहरु अब घरभित्रै बसेर छट्पटिन थालेका छन् । कहिले स्थिति सामान्य होला र काममा फर्किन पाइन्छ भनेर प्रतिक्षा गरेर बसेका छन् । 

Results : 8257 - 8262 of 24024
Most Visited News (monthly)