Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8251 - 8256 of 24024
फिल्मीखबर, काठमाडौं, 2020-07-03, शुक्रवार
चर्चित संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक जीवनमा बाँधिएका छन् । कोरोना भाईरसको महामारीका बीच शुक्रवार राजधानीको एक मन्दिरमा यो जोडीको बिवाह भएको हो ।
फिल्मीखबर, काठमाडौं, 2020-07-03, शुक्रवार
चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको लेख प्रतियोगितामा पत्रकार ध्रुव लम्सालको लेख उत्कृष्ट बनेको छ । संघले कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा राष्ट्रव्यापी रुपमा प्रतियोगिता आयोजना गरेको थियो ।
एजेन्सी, मुम्बई, 2020-07-02, बिहिवार

बलिउड फिल्म इन्डस्ट्रीमा यतिबेला ‘नेपोटिज्म’ को विषयमा बहस चर्किएको छ । अभिनेत्री कंगना रनावतलगायत कयौं परिचित अनुहारहरुले यस विषयमा आफ्नो धारणा राखिसकेका छन् । बलिउडका दिग्गज कलाकारहरुले पनि ‘नेपोटिज्म’ को बारेमा आफ्नो विचार राख्न सुरु गरेका छन् । यसबीच, अभिनेता सैफ अली खानले यस विषयमा चकित पार्ने खुलासा गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-02, बिहिवार

केही दिनयता अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहको सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ । साम्राज्ञीले गएको शुक्रवार इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै फिल्मको सुटिङ सेटमा तीन ब्यानरका व्यक्तिहरुले नराम्रो व्यवहार गरेको बताएकी थिइन् । उनले आफूप्रति लक्षित गरेर बयान दिएको भन्दै निर्माता तथा अभिनेता भुवन केसीले फेसबुकमा स्टाटस लेखेर ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै जवाफ फकाइसकेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-02, बिहिवार

१७ वर्षको कलिलो उमेरमा फिल्म ‘ड्रिम्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहले छोटो समयमा जुन ‘नेम’ र ‘फ्रेम’ कमाइन् त्यो साँच्चै लोभलाग्दो छ । न फिल्म इन्डस्ट्रीमा कोही ‘गडफादर’ न परिवार फिल्म पृष्ठभूमिको । आफ्नै मेहेनतले यो स्थान हासिल गरेकी उनी मनभित्र पीडाको बोझ लिएर हिँडिरहेकी छिन् भन्ने कसले आँकलन गरेको थियो होला र !

फिल्मीखबर, काठमाडौं, 2020-07-02, बिहिवार

बोल्दा सोच-विचार नगर्ने अनि गल्ती भएपछि बोली चिप्लियो भन्दै माफी माग्ने नेपाली कलाकारको पुरानो बानी हो । कुनै पनि विषयमा आफ्नो भनाई राख्ने क्रममा संयमिता गुमाउँदा विवादमा परेका कलाकारहरु यहाँ असंख्य छन् । कोही राष्ट्रियताको सवालमा चिप्लिए । कति शब्द चयन गलत हुँदा विवादित बने । बोलीका कारण सबैको आँखाको तारो नबनेका कलाकार भेट्न गाह्रो छ ।

Results : 8251 - 8256 of 24024
Most Visited News (monthly)