
नेपाली फिल्म क्षेत्रमा गायकबाट नायक बनेका धेरै उदाहरण छन् । यम बराल, उदित नारायण झा, मुरलीधर, रामकृष्ण ढकाल, धीरज राई, कोशिश क्षेत्री, राजेश पायल राई, यश कुमार बाबु बोगटी, लाउरे, सत्यराज आचार्य, निमा रुम्बालगायतले गायकसँगै आफूलाई अभिनेताको रुपमा पनि स्थापित गर्ने प्रयास गरेका थिए । तर, गायनमा सफल उनीहरुलाई फिल्म अभिनय फापेन ।

अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता भुवन केसीबीच सामाजिक सञ्जालमा चलेको आरोप-प्रत्यारोपको जुहारीले सबैको ध्यान खिचेको छ । उनीहरुको विवाद कलाकार संघसम्म पुगेको छ । साम्राज्ञीले आफूमाथि झुटो आरोप लगाएको भन्दै अभिनेता केसीले शुक्रवार संघमा उजुरी दिएका थिए । उनले पुनः यस प्रकारका गतिविधि गरे कानुनी बाटो रोज्ने चेतावनी समेत दिएका छन् ।

कोरोना भाइरसका कारण बलिउड इन्डस्ट्रीमा ठूलो असर परेको छ । यसको प्रभाव लामो समयसम्म देखिने अनुमान गरिएको छ । अर्बौंको नोकसान झेलिसकेको बलिउड इन्डस्ट्री अब तंग्रिन प्रयास गरिरहेको छ । यसबीच, अभिनेता अजय देवगन अभिनीत फिल्म ‘मैदान’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मलाई अर्को वर्षको १३ अगस्टमा प्रदर्शन गरिने भएको छ ।

नेपाली फिल्म क्षेत्रमा केही सातायता नातावाद र समुहवादको विषयमा बहस चर्किएको छ । सुशान्त सिंह राजपूतले बलिउडमा व्याप्त नातावादका कारण आत्महत्या जस्तो ठूलो कदम उठाएको टिप्पणी हुन थालेपछि अभिनेत्री नम्रता सापकोटाले एक भिडियोमार्फत् नेपाली फिल्म क्षेत्रमा पनि नातावादका कारण धेरै कलाकार डिप्रेसनको शिकार भएको बताएकी थिइन् ।

सन् २०१५ मा प्रदर्शनमा आएको रोमान्टिक फिल्म ‘होस्टल रिर्टन्स’ बाट सहायक अभिनेत्रीको रुपमा अभिनय करिअर सुरुवात गरेकी स्वस्तिमा खड्का शनिवार आफ्नो २५औं जन्मदिन मनाउँदैछिन् । २०५२ साल असार २० गते काठमाडौंमा जन्मिएकी उनलाई जन्मदिनको अवसरमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालको माध्यमबाट शुभकामना दिइरहेका छन् ।


