Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8233 - 8238 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2020-07-08, बुधवार

सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत’ भन्दा अगाडि अभिनेत्री पूजा शर्मालाई अपवादले मात्र चिन्थे । यो फिल्मभन्दा अगाडि उनले ‘थ्रि लभर्स’, ‘मधुमास’ र ‘चंखे शंखे पंखे’ फिल्ममा काम गरेकी थिइन् । तर, यी कुनै फिल्मले उनलाई अभिनेत्री रुपमा चिनाउन सकेका थिएनन् । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ भने उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-08, बुधवार

कोरोना भाइरसका कारण सरकारले लकडाउनको घोषणा गरेदेखि फिल्म निर्माणदेखि प्रदर्शनसम्म सबै रोकिएको छ । जसको प्रत्यक्ष मारमा निर्मातादेखि प्राविधिकसम्म परेका छन् । निर्माण भइसकेका फिल्म प्रदर्शन हुन नपाउँदा निर्माताको करोडौंको लगानी जोखिममा परेको छ । त्यस्तै, फिल्म सम्बन्धि सबै कार्य ठप्प हुँदा प्राविधिकहरुलाई हातमुख जोर्नै समस्या भएको छ । 

एजेन्सी, मुम्बई, 2020-07-07, मंगलवार

मुम्बई पुलिसले अभिनेता सुशान्त सिंह राजपूतको सुसाइडको मामलामा अनुसन्धान गरिरहेको छ । पुलिसका अनुसार, बलिउड निर्देशक सञ्जय लीला भन्सालीले सुशान्तलाई चार फिल्मको अफर गरेका थिए । जसमध्ये तीन फिल्म ब्लकबस्टर र एउटा फिल्म असफल भएको थियो । समय अभावका कारण सुशान्तले भन्सालीका कुनै फिल्ममा काम गर्न नसकेको प्रहरीको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-07-07, मंगलवार

फिल्मको व्यापारमा गीतसंगीतको पनि ठूलो भूमिका रहन्छ । गीत हिट भयो भने फिल्मको ब्रान्डिङ हुन्छ र त्यसको प्रभाव बक्सअफिसमा पर्छ । गीतसंगीतका कारण फिल्मले मुनाफा कमाएका उदाहरण यहाँ धेरै छन् । ‘छक्का पञ्जा’, ‘नाईं नभन्नू ल’ र ‘ए मेरो हजुर’ सिरिज यसका उदाहरण हुन् । गीत चलेर फिल्मले भने बक्सअफिसमा घुँडा टेकेका उदाहरण पनि कम छैनन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-07, मंगलवार

तीन महिनादेखि जारी लकडाउनका कारण नेपाली फिल्म क्षेत्रमा कुनै गतिविधि भएका छैनन् । फिल्म निर्माणदेखि प्रदर्शनसम्म रोकिँदा हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । कलाकारहरु पनि फुर्सदिला भएका छन् । यो अवस्था कहिलेसम्म रहने हो, कुनै निश्चित छैन । प्राविधिकलाई परिवार पाल्ने चिन्ताले सताएको छ । कलाकारहरु घरभित्रै बस्नु पर्दा छट्पटिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-07-07, मंगलवार

कलाकारहरुले आफ्नो अभिनयको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिन नसकेको पनि तीन महिनाभन्दा बढी भैसकेको छ । लकडाउन भएदेखि उनीहरुको दैनिकी घरभित्रै वितिरहेको छ । तर, यस्तो अवस्थामा पनि दर्शकलाई मनोरञ्जनको कमी महशुस भने भएको छैनन् । फरक यति मात्र छ कि यसपटक कलाकारले आफ्नो अभिव्यक्तिबाट दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । 

Results : 8233 - 8238 of 24024
Most Visited News (monthly)