
९ जुलाई १९६५ मा मुम्बईमा जन्मिएकी बलिउड अभिनेत्री तथा मोडल संगीता बिजलानी बिहीवार ५५औं जन्मदिन मनाउँदैछिन् । एक समय उनी अभिनेता सलमान खानको प्रेममा थिइन् । उनीहरु बैबाहिक जीवनमा समेत बाँधिने तयारीमा थिए । अन्तिममा संगीताले सलमानसँग विवाह गर्न अस्वीकार गरिन् । इन्डिया टुडेका अनुसार, २७ मे १९९४ मा उनीहरुको विवाह हुँदै थियो ।

हिजोआज अधिकांश युवती जिरो फिगर बनाउन चाहन्छन् । जिरो फिगर भएमा काम गर्न छिटो-छरितो हुने र लुगा लगाउँदा राम्रो देखिने विश्वास छ । यसर्थ, किशोरी मात्र नभएर अधबैँसे महिलासमेत शरीर स्लिम पार्ने प्रयास गरिरहेका हुन्छन् । अभिनेत्रीहरु पनि आफ्नो शरीरलाई ‘जिरो फिगर’ मा ढाल्न डाइटिङमा विशेष ध्यान दिन्छन् । भने, जिमखानामा घन्टौं पसिना बगाउने गर्दछन् ।

चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डलाई बुझाएको कोरोनाबाट प्रभावित फिल्मको विवरणलाई लिएर फिल्मकर्मीहरुले विरोध जनाएका छन् । विकास बोर्डले कोरोनाले असर पारेका फिल्मलाई राहत दिँदैछ । त्यसका लागि निर्माता संघसँग वास्तविक प्रभावित फिल्मको विवरण मागेको थियो । तर, निर्माता संघले निर्माण नै नभएका फिल्मको नाम समेत बोर्डमा पठाएको छ ।

प्रेमकथामा फिल्म निर्माण गर्न सिपालु मानिने निर्देशक दिनेश राउत र अहिलेका हटकेक अभिनेता प्रदीप खड्काले पहिलो पटक नयाँ फिल्मका लागि टिमअप गर्दैछन् । उनीहरुको पहिलो जुगलबन्दी कस्तो हुने हो भन्ने अहिले धेरैलाई चासोको विषय बनेको छ । अर्को वर्षबाट छायांकन सुरु हुने अनटाइटल प्रोजेक्टको केही हप्तादेखि स्क्रिप्ट लेखनमा काम भइरहेको बताइएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररार्थ फिल्म निर्देशक किशोर चौधरीलाई चलचित्र निर्देशक समाजको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विगत ४ महिनादेखि कलेजो सुन्निने तथा उच्च रक्तचापको उपचार गराइरहेका उनलाई चलचित्र विकास बोर्डको कल्याणकारी कोष तथा अमेरिका निवासी फिल्म निर्देशकहरुबाट प्राप्त आर्थिक सहयोग प्रदान गरिएको हो ।

कोरोनाको महामारीका कारण नेपाली कलाकारहरु घरभित्रै नजरबन्द भएको तीन महिना नाघिसकेको छ । उनीहरु यति लामो समयसम्म विश्राममा बस्नु परेको यो पहिलो पटक हो । स्थिति सामान्य हुँदा फिल्मको छायांकन र प्रचारका कारण घरमा बस्ने मौका कमै जर्थ्यो । लकडाउनपछि फिल्म निर्माण र प्रदर्शन रोकिँदा कलाकारहरु सुटिङमा विताएका दिन सम्झँदै बसेका छन् ।

