
एक समयकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाल ‘महानायक’ होइन भन्ने आशय व्यक्त गरेपछि उत्पन्न भएको विवादले यतिबेला सिंगो देश नै तताएको छ । यो विषय संसद् भवनमा समेत प्रवेश गर्न सक्ने संकेत देखिएको छ । किनभने, ‘महानायक’ को विवादमा सांसद गंगा चौधरीले समेत आफ्नो धारणा राखिसकेकी छन् ।

अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना पुष्टि भएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परिक्षण गरिएको थियो । पहिलो पटक गरिएको परिक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ ।

गत वर्ष एक उद्घाटन कार्यक्रममा ‘कलाकारहरुको किन गसिप बन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा निर्देशक दीपाश्री निरौलाले भनेकी थिइन्, ‘गसिपहरुले रोमाञ्चित बनाउँछ । जहाँ नाम छ त्यहाँ सबै कुरा छ । कसैलाई होच्याउने र जिस्काउने नामले नै गर्छ । घरमा सुतिरहेको बुबालाई कसैले गिज्याउँदैन ।’ उनको यो कुरामा अभिनेत्री पूजा शर्माले ताली बजाएर समर्थन जनाएकी थिइन् ।

सन् २०११ कि मिस नेपाल तथा अभिनेत्री मलिना जोशी अभिनयभन्दा प्रेम जीवनका कारण बढी चर्चामा रहने गर्दछिन् । अभिनेता अनुप विक्रम शाहीसँग उनी झण्डै २ वर्ष प्रेम सम्बन्धमा रहिन् । तर, यी दुईको प्रेम लामो समय टिक्न सकेन । अनुपबाट अलगिएपछि मलिनाको नाम अभिनेता सारुक ताम्राकारसँग जोडिएको थियो । तर, उनीहरुले प्रेम सम्बन्ध स्वीकार गरेनन् ।

अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो । संवैधानिक कानुनमा यसलाई संविधानवादको अनिवार्य सर्तका रुपमा लिइन्छ । यही अधिकार प्रयोग गर्दै अभिनेत्री तथा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले राजेश हमालको ‘महानायक’ पदवीमाथि प्रश्न उठाइन् । तर, उनको यो अभिव्यक्ति हमाललाई ‘महानायक’ को रुपमा स्वीकार गरेका प्रशंसकलाई सह्यै भएन ।

बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना संक्रमण देखिएको छ । अहिले उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षिय उनले यो कुराको जानकारी आफैंले ट्विटरमार्फत् दिएका हुन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘मलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल भर्ना भएको छु । अस्पताल प्रशासनले सम्बन्धित निकायलाई खबर गरिसकेको छ ।’

