
भर्सटायल अभिनेत्री आलिया भट्टलाई ‘गंगूबाई काठियावाडी’ को चरित्रमा हेर्न दर्शकहरु प्रतिक्षा गरिरहेका छन् । उनी आफैं पनि निर्देशक सञ्जय लीला भन्सालीसँग पहिलो पटक काम गर्नका लागि उत्साहित छिन् । फिल्म ‘गंगूबाई काठियावाडी’ चर्चित उपन्यासकार हुसेन जैदीको किताब ‘माफिया क्विन अफ मुम्बई’ को एक च्याप्टरमा आधारित भएर निर्माण हुन लागेको हो ।

२०७२ सालको महाभूकम्पपछि मुश्किलले तंगिएको नेपाली फिल्म क्षेत्र यतिबेला कोरोनाको महामारीले थलाएको छ । यसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेदेखि फिल्म निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । सिनेमा हल लकडाउन हुनुभन्दा अगावैदेखि बन्द भएका थिए । फिल्मसँग सम्बन्धित सबै कार्य रोकिँदा यस क्षेत्रमा आश्रित हजारौं बेरोजगार भएका छन् ।

हलिउडका चर्चित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्डले लगाएको सबै आरोप मनगढन्ते र निराधार रहेको बताएका छन् । लण्डनको एक अदालतमा भएको सुनवाईमा उनले आफ्नी पूर्व श्रीमतीलाई राक्षसको जस्तो व्यवहार गरेको आरोप समेत लगाएका छन् । उनकी पूर्व श्रीमती एम्बर हर्डले एक प्राइभेट जेटमा आफूमाथि डेपले हातपात गरेको आरोप लगाएकी थिइन् ।

अपवाद बाहेक मनोरञ्जन क्षेत्रमा आबद्ध प्रायःको ठूलो पर्दामा अभिनय गर्ने चाहना हुन्छ । त्यसैले त सांगीतिक दुनियाँमा चम्किएका अनुहारहरुको फिल्ममा प्रवेश बढ्दो छ । यश कुमार, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राईलगायत गायकसँगै फिल्मको हिरो पनि भइसकेका छन् । तर, कसैलाई फिल्म अभिनय फापेन । गायक नायकको रुपमा सफल भएका कमै उदाहरण छन् ।

नेपाली फिल्मकी अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को टिजर सार्वजनिक भएको छ । एक्सन प्याक्ड टिजरमा उनलाई एक सेकेण्ड मात्र स्थान दिइएको छ । टिजरको ५२ सेकेण्डमा क्लबभित्र उनलाई एक युवकले चुम्बन गर्दै गरेको देख्न सकिन्छ । टिजरमा उनले पाएको स्क्रिन स्पेश हेर्दा फिल्ममा उनी ‘सो-पिस’ को रुपमा रहेको अनुमान गर्न सकिन्छ ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले तीन महिनासम्म लकडाउन गर्यो । यो अवधिमा सार्वजनिक यातायातदेखि भीडभाड हुने सबै क्षेत्र बन्द रहे । तर, विकल्पहीन रुपमा गरिएको लकडाउनले जनता रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि सरकारले महिना दिनदेखि लुजडाउनको नीति अपनाएको छ । शुक्रवारबाट छोटा दूरीका यातायात समेत चल्न थालेका छन् ।

