Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8209 - 8214 of 24024
एजेन्सी, अमेरिका, 2020-07-14, मंगलवार

हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती तथा चर्चित अभिनेत्री केली प्रिस्टनको निधन भएको छ । उनको ५७ वर्षको उमेरमा निधन भएको हो । दुई सन्तानकी आमा उनी दुई वर्षदेखि ब्रेस्ट क्यान्सरसँग लडिरहेकी थिइन् । उनका श्रीमान् जोनले सोसल मिडियामा श्रीमतीको निधनको खबर दिँदै निकै इमोसनल पोस्ट गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-07-14, मंगलवार

अभिनेत्री सुरविना कार्की दर्शकमाझ उतिधेरै चिनिएको अनुहार होइन । फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरे पनि कुनैले उनको करिअरलाई उचाइ दिन सकेनन् । न त उनले आफूलाई अब्बल अभिनेत्रीको रुपमा नै प्रमाणित गर्न सकिन् । ‘हट एण्ड बोल्ड’ तस्विरका कारण मिडियामा हुने चर्चामै उनी खुसी हुनु परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-07-14, मंगलवार

कोरोनाको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको समयमा नेपाली फिल्मकर्मीको अभिव्यक्ति र अन्तर्वार्तालाई लिएर गाली गलौज भइरहेकोप्रति नेपाली फिल्मसँग सम्बन्धित सात संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सोमवार एक संंयुक्त वक्तव्य जारी गर्दै कुनै पक्षबाट अशिष्टताको पराकाष्ट नाघे कानुनी उपचार खोज्ने उनीहरुको चेतावनी छ । 

एजेन्सी, मुम्बई, 2020-07-13, सोमवार

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको बहस चर्किएको छ । सुशान्तका फ्यानहरुले लगातार बलिउड सेलिब्रेटीलाई सोसल मिडियामा नेपोटिज्मका लागि लक्षित गरिरहेका छन् । यस विषयमा कयौं बलिउडकर्मीले आफ्नो भनाई राखिसकेका छन् । यसबीच, शक्ति कपूरका छोरा सिद्धान्त कपूरले पनि यस विषयमा आफ्नो भनाई सार्वजनिक गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-13, सोमवार

विश्वभर विपत्त निम्त्याएको कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन अहिले लुजडाउनमा परिणत भएको छ । तर, अझै मानिसहरु ढुक्कका साथ घरभन्दा बाहिर निस्किन सकेका छैनन् । नियन्त्रणभन्दा बाहिर गइरहेको यसको संक्रमणले हरेकको ओठको मुस्कान लुटेको छ । फेरि पहिल्यको जस्तो अवस्था कहिले फर्किएला, सबै प्रतिक्षामा छन् । 

फिल्मीखबर, काठमाडौं, 2020-07-13, सोमवार

कोरोना भाइरसको जोखिम रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनमा नेपाली फिल्म क्षेत्र जति विवादित अन्य क्षेत्र भएन । कलाकारहरुको तमासाले हरेक हप्ता फिल्म क्षेत्र तात्यो । कोही कालो चिया बनाउन सिकेको कुराले ट्रोलको शिकार भए । कसैलाई नेपाल-भारत सीमा विवादले भारतीय साथीसँग अनुहार देखाउन गाह्रो भएको अभिव्यक्तिले रुनु न हाँस्नु बनायो ।

Results : 8209 - 8214 of 24024
Most Visited News (monthly)