
अभिनयमा पारंगत मानिने अभिनेत्री ऋचा शर्मा बिहीवारबाट ३३ वर्षमा लागेकी छन् । बैबाहिक जीवनमा बाँधिएपछि पहिलो पटक जन्मदिन मनाउन लागेकी उनको जन्म २०४४ साल साउन १ गते धनगडीमा भएको थियो । उनको बाल्यकाल कैलाली जिल्लामा नै वितेको थियो । सन् २००७ देखि ग्ल्यामर दुनियाँमा आफूलाई समाहित गरेकी उनी भर्सटायल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी विद्या बालनको नयाँ फिल्म ‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विद्या म्याथम्याटिशियन शकुन्तला देवीको भूमिकामा छिन् । फिल्ममा उनी पछिल्ला चरित्रभन्दा भिन्न देखिएकी छन् । यसमा सान्या मल्होत्रा, अमिता साधको पनि मुख्य भूमिका छ । फिल्ममा सान्या मल्होत्रा, विद्या बालनकी छोरीको भूमिकामा छिन् ।

ब्यूटी प्याजेन्टबाट नेपाली फिल्ममा अभिनेत्रीको रुपमा भित्रिने सुन्दरीहरुको संख्या ठूलो छ । प्रियंका कार्कीदेखि निकिता चाण्डकसम्म सुन्दरी प्रतियोगिताका उत्पादन हुन् । मिस नेपालको ताज जितेका श्रृष्टि श्रेष्ठ, मलिना जोशी, झरना बज्रचार्यलगायतले पनि आफूलाई अभिनेत्रीको रुपमा चिनाइसकेका छन् । तर, ब्यूटी प्याजेन्टबाट आएका कुनै सुन्दरीको फिल्म करिअर सुखद छैन ।

नेपाली फिल्मका ब्रान्ड निर्देशक हुन्, तुलसी घिमिरे । सन् १९८१ मा बनेको फिल्म ‘बाँसरी’ बाट निर्देशनमा होमिएका उनले कयैन् उम्दा फिल्म दिएका छन् । उनै, निर्देशक घिमिरे बुधवारबाट ६९ वर्षमा लागेका छन् । २००८ असार ३१ गते दार्जिलिङको कालिम्पोङमा उनको जन्म भएको थियो । नेपाली फिल्मले व्यवसायिक फड्को मार्नुमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ ।

अभिनेता राजेश हमालले हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलालाई क्षमा दिन आफ्ना प्रशंसकहरुसँग हृदयपूर्वक आग्रह गरेका छन् । मध्यरातमा फेसबुकमा एक भिडियो साझेदार गर्दै उनले एउटा कलाकारलाई आफ्नो क्षमता पस्कन सधैं प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको आत्म-सम्मानमा ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन दर्शकलाई अपिल गरेका छन् ।

भारतको मुम्बईलाई सपनाको शहर भन्ने गरिन्छ । त्यहाँ आफ्नो सपना पूरा गर्न संघर्ष गर्नेहरु लाखौंमा छन् । त्यही शहरमा कतिका सपना साकार भए । कतिका आधा अधुरै । त्यो शहरमा संघर्ष गरेर नाम कमाएका नेपालीहरु पनि धेरै छन् । यसको एक उदाहरण हुन्, मनीषा कोइराला । मुम्बईले उनलाई नाम र दाम दुवै दियो । र, उनको सफलताले विश्वमा नेपाललाई पनि चिनायो ।

