
हिन्दी वा अरू विदेशी फिल्मबाट कथा र चरित्र लिने नेपाली फिल्मकर्मीको पुरानो रोग हो । विदेशी फिल्मको हुबहु नक्कल गरेर थुप्रै नेपाली फिल्म बनेका छन् । तर, यतिबेला बलिउड फिल्म ‘लुटकेस’ नेपाली फिल्म ‘जात्रा’ बाट प्रभावित भएर निर्माण भएको चर्चा चलेको छ । बिहीवार सार्वजनिक भएको ‘लुटकेस’ को ट्रेलर हेर्दा फिल्मको कथावस्तु ‘जात्रा’ सँग मिल्दोजुल्दो देखिन्छ ।

एक समय एक्सन फिल्ममा रुचाइएका अभिनेता हुन्, रेश मरहठ्ठा । दर्जन बढी फिल्ममा अभिनय गरेका यी चकलेटी हिरो लामो समयदेखि काँचको पर्दाबाट टाढा छन् । उनको पछिल्लो रिलिज फिल्म ‘मिशन पैसा २’ हो । यसपछि उनले कुनै नेपाली फिल्ममा अभिनय गरेका छैनन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनको कमब्याक कहिले होला ? दर्शक प्रतिक्षारत छन् ।

पछिल्लो समय सोसल मिडिया प्लेटफर्म टिकटक निकै चर्चित एप बनेको छ । आइओएस र एन्ड्रोइडमा सर्वाधिक डाउनलोड भएका एपहरुमध्येको एक टिकटकले मानिसहरुलाई भिडियो बनाएर पोष्ट गर्ने सुविधा दिन्छ । निकै सहज तरिकाले भिडियो बनाउन सकिने, पोष्ट गर्न मिल्ने र मनोरञ्जनको माध्यम भएकाले टिकटक प्रयोगकर्ताको संख्या निकै धेरै भएको छ ।

बलिउडको सुपरहिट फिल्मको कुरा गर्दा एसएस राजामौली निर्देशित ‘बाहुबली’ सिरिजको नाम सबैभन्दा अगाडि आउँछ । यो फिल्मको हरेक एक चरित्रलाई दर्शकले निकै रुचाएका थिए । यसमध्ये कटप्पाको भूमिका साउथका अभिनेता सत्यराजले निभाएका थिए । तर, हालै यो खबर बाहिरियो कि कटप्पाको भूमिकाका लागि बलिउड अभिनेता सञ्जय दत्त पहिलो रोजाई थिए ।

हरेक व्यक्तिको एक ‘आइडल पर्सन’ हुन्छ । जसबाट उत्प्रेरित भएर पर्सनल वा प्रोफेसनल लाइफमा अगाडि बढ्ने हौसला मिल्छ । विशेषगरि सेलिब्रेटीहरु धेरैका प्रेरक व्यक्ति हुन्छन् । उनीहरु जस्तो सफल व्यक्तित्व बन्न संघर्षको मैदानमा पैताला खियाउनेहरु कयैन् छन् । राजेश हमाल र करिश्मा मानन्धरको जस्तो नाम कमाउन यो रंगिन दुनियाँमा आउनेहरुको डोब असंख्य छ ।

कोरोनाका कारण नेपालका अधिकांश क्षेत्र प्रभावित भएका छन् । पर्यटन, व्यापार, व्यवसाय, उद्योग, निर्माण तथा कृषिजस्ता देशका मुख्य आर्थिक खम्बाहरू डगमगाएका छन् । नेपाली फिल्म क्षेत्रलाई पनि कोरोनाले थिलथिलो बनाएको छ । लकडाउन भएदेखि यहाँ कुनै गतिविधि भएका छैनन् । तर, अन्य क्षेत्र झैँ फिल्म क्षेत्रलाई सरकारले कोरोना प्रभावित क्षेत्रमा राखेको छैन ।

