Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8191 - 8196 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2020-07-19, आईतवार

अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल बैबाहिक जीवनबाट अलग भएको खबर बाहिरिएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनीहरुले २०७३ सालमा विवाह गरेका थिए । विवाह गर्नुभन्दा अगाडि उनीहरु करीब ४ महिना प्रेम सम्बन्धमा थिए । दाम्पत्य जीवनमा दरार उत्पन्न भएपछि यी दुई गएको ६ महिनायता अलग-अलग बस्दै आएको बुझिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-19, आईतवार

अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगरको मित्रता उदाहरणीय छ । अभिनेत्रीबीच सुमधुर सम्बन्धको खडेरी रहेको अवस्थामा उनीहरु भने एकअर्कासँग निकै नजिक छन् । फिल्म ‘रोज’ मा उनीहरुले सँगै काम गरेका थिए । यसमा परमिता अभिनेता प्रदीप खड्काको प्रेमिका र मिरुना वकिलको भूमिकामा थिए । फिल्ममा उनीहरु एउटै फ्रेममा भने देखिएका थिएनन् । 

एजेन्सी, मुम्बई, 2020-07-18, शनिवार

कबीर खान र सलमान खानलाई बलिउडको उत्कृष्ट निर्देशक र अभिनेताको जोडी रुपमा लिइन्छ । यी दुईले ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’ फिल्ममा सहकार्य गरेका थिए । दुवै सफल फिल्म हुन् । फिल्म ‘बजरंगी भाईजान’ रिलिज भएको ५ वर्ष भइसकेको छ । फिल्म रिलिजको ५ वर्षको अवसरमा निर्देशक कबीर खानले सामाजिक सञ्जालमा पुराना दिन याद गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-18, शनिवार

नेपाली चलचित्रको विधामा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ नेपालले आह्वान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध-खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख-रचना तथा धारणा सम्बन्धि प्रतियोगितामा उत्कृष्ट ठहरिएका चारवटा लेखलाई पुरस्कृत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-07-18, शनिवार

अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता भुवन केसीबीच गएको हप्तासम्म सामाजिक सञ्जालमा जुहारी चलेको थियो । साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ को सेटमा आफूमाथि नराम्रो व्यवहार गरेको र जापान अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि भुवनले ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै फेसबुकमा आक्रोशपूर्ण स्टाटससँगै कलाकार संघमा साम्राज्ञीविरुद्ध उजुरी पनि दिए । 

फिल्मीखबर, काठमाडौं, 2020-07-17, शुक्रवार

नेपोटिज्मको बहस सुरु भएपछि बलिउड इन्डस्ट्रीको धेरै पक्ष छाँयामा परेका छन् । कतिले नेपोटिज्मका कारण धेरै कलाकारले अवसर पाएको बताएका छन् भने कति यसको विपक्षमा उभिएका छन् । ‘प्याडम्यान’, ‘चीनी कम’, ‘पा’, ‘शमिताभ’ लगायतका फिल्मका निर्देशक आर बाल्कीले अब यो चर्चामा हिस्सा लिएका छन् । नेपोटिज्मको बारेमा उनले फरक मत राखेका छन् । 

Results : 8191 - 8196 of 24024
Most Visited News (monthly)