
कटरीना कैफ, सिद्धान्त चतुर्वेदी र ईशान खट्टरले एकसाथ काम गर्न लागेको ‘फोन भूत’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । हरर कमेडी यो फिल्मको पोस्टरमा तीनै जना कल सेन्टरको वर्करको ड्रेसअपमा देखिएका छन् । फिल्मको पोस्टर शेयर गर्दै कटरीनाले लेखेकी छन्, ‘भूतसँग जोडिएको हरेक समस्याको समाधानको एक दोकान । तपाईंमाझ २०२१ सम्म पुग्नेछ ।’

सामाजिक विषयवस्तुलाई मनछुने ढंगबाट प्रस्तुत गर्न माहिर मानिन्छन्, निर्देशक दीपेन्द्र के. खनाल । यसकारण पनि उनी निर्देशित फिल्मले दर्शक तथा समीक्षकको स्याबासी पाउने गर्दछन् । कमर्शियल र आर्ट दुवै प्रकारका फिल्ममा आफूलाई प्रमाणित गरिसकेका उनी कुशल छायांकार पनि हुन् । दुई फिल्म ‘आमा’ र ‘धनपति’ मा उनको छायांकनको प्रशंसा भएको थियो ।

शहरीया युवापुस्तामाझ परिचित अनुहार हुन्, अभिनेता पुष्प खड्का । २ सय बढी म्यूजिक भिडियोबाट राम्रो क्रेज बनाएका उनी अहिले नेपाली फिल्मका चल्तीका अभिनेतामा पर्छन् । फिल्म ‘अझै पनि’ बाट सहायक अभिनेताको रुपमा करिअर सुरु गरेका उनले फिल्म ‘दर्पण छायाँ २’ मा लिड रोलमा ब्रेक पाएका थिए । तर, यी दुवै फिल्मले उनको करिअरलाई उचाइ दिन सकेन ।

तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ का निर्देशक मीनबहादुर भाम नयाँ फिल्मको तयारीमा छन् । ‘चिसो वर्ष’ फिल्मको स्क्रिप्टमा उनी विगत चार वर्षदेखि काम गरिरहेका छन् । उनले २० पटक पुनर्लेखन गरेर पटकथालाई अन्तिम रुप दिइसकेका छन् । आउँदो बैशाखबाट छायांकन सुरु हुने बताइएको फिल्मले दुई पात्रको हिमाली यात्राको कथा भन्नेछ ।

बलिउड अभिनेत्री दीपिका पादुकोण र साउथ सुपरस्टार प्रभासले पहिलो पटक स्क्रिन साझेदारी गर्ने भएका छन् । निर्देशक नाग अश्विनको नयाँ फिल्ममा उनीहरुले सँगै काम गर्न लागेका हुन् । दीपिका पादुकोण स्वयंले इन्स्टाग्राममा एउटा भिडियो साझेदार गर्दै यो कुराको पुष्टि गरेकी हुन् । पहिलो पटक दीपिका र प्रभासलाई एउटै फिल्ममा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

विश्व फिल्म बजार कोभिड १९ को महामारीले प्रभावित भएको छ । अर्बौंको लगानीमा बनेका फिल्म सिनेमा हल बन्द हुँदा थन्किएर बसेका छन् । एकाध देशमा बाहेक फिल्म निर्माण पनि रोकिएको अवस्था छ । विश्वमा गणनामै नआउने नेपाली फिल्म क्षेत्रलाई पनि यो महामारीले थिलथिलो बनाएको छ । लकडाउन भएको चार महिनायता यहाँ कुनै प्रकारका गतिविधि भएका छैनन् ।

