
कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि गरिएको लकडाउन मंगलवार राति १२ बजेबाट अन्त्य भएको छ । चार महिना लामो लकडाउनमा नेपालका हरेक क्षेत्र ठप्प हुँदा देशको आर्थिक अवस्था चौपट भएको थियो । लकडाउनको अन्त्य भएसँगै देशको अर्थतन्त्रको प्रमुख खम्बा मानिने विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । तर, केही क्षेत्रमा अझै प्रतिबन्ध कायमै छ ।

कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले चार महिना अगाडि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) मंगलबारबाट अन्त्य भएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने जानकारी दिएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको अन्त्य भएको बताएका हुन् ।

बलिउडमा इनसाइडर र आउटसाइडरको बहस अलग स्तरमा पुगेको छ । गएको केही महिनायता कयौं कलाकारले यो मुद्धामा आफ्नो भनाई राखिरहेका छन् । हालै बलिउड अभिनेत्री कंगना रनावतको एक अन्तर्वार्तापछि एक समयकी चर्चित अभिनेत्री सिमी ग्रेवालले कंगनाको हिम्मतबाट आफू प्रभावित भएको बताएकी थिइन् । अब गोविन्दाले यो विषयमा आफ्नो भनाई राखेका छन् ।

कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि करिब ३ महिना नेपाली कलाकारहरुको दिनचर्या घरको चारकुनामा वित्यो । लकडाउन लुजडाउनमा परिणत भएपछि केही कलाकार काममा फर्किएका छन् । फिल्ममा मात्र सीमित रहेका कलाकारहरु भने अझै घरमै बस्न बाध्य छन् । किनकि, सरकारले फिल्म छायांकनका लागि अनुमति दिएको छैन ।

डेढ वर्ष अगाडि प्रदर्शनमा आएको व्यवसायिक तथा समीक्षात्मक दुवै हिसाबले सफल फिल्म ‘प्रसाद’ को सिक्वेल निर्माण हुने भएको छ । दशैंपछि छायांकन सुरु गर्ने गरी अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको निर्माता सुभाष थापाले जानकारी दिएका छन् । फिल्मको स्क्रिप्ट ‘प्रसाद’ कै लेखक शुशील पौडेलले लेखिरहेका छन् । उनी यतिबेला स्क्रिप्टलाई मूर्तरुप दिन व्यस्त छन् ।

नेपाली फिल्म क्षेत्रमा तीन दशक विताइसकेका अभिनेता राजेश हमाल यतिबेला चर्चाको केन्द्रमा छन् । एक समयकी अभिनेत्री तथा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा हमाललाई दिइएको उपाधिमाथि प्रश्न उठाउँदै ‘महानायक को हो ?’ भनेर अभिव्यक्ति दिएपछि देश तथा विदेशमा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिए ।

