Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8173 - 8178 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2020-07-23, बिहिवार

सार्वजनिक व्यक्ति, विशेषगरि सेलिब्रेटीको निजी जीवनको बारेमा चासो राख्नेहरु धेरै हुन्छन् । उनीहरुको लवाइ, खवाइदेखि नितान्त व्यक्तिगत जीवनको विषयमा पनि सबैको चासो रहेको हुन्छ । यसैकारण पब्लिक फिगर (कलाकार) को हरेक एक कुरा सञ्चारमाध्यमका हेडलाइन बन्ने गर्दछन् । उनीहरुको बारेमा दर्शकहरुले सबैभन्दा बढी चासो राख्ने ‘लभ लाइफ’ पनि एक हो । 

फिल्मीखबर, काठमाडौं, 2020-07-23, बिहिवार

‘ह्यान्डसम भिलेन’ को रुपमा दर्शकमाझ परिचित अभिनेता अनुप विक्रम शाही बिहीवार आफ्नो जन्मदिन मनाउँदैछन् । ३५ वर्षमा प्रवेश गरेका उनलाई मध्यरातदेखि नै सामाजिक सञ्जालमार्फत् फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । कोरोनाको महामारीका कारण अघिल्ला वर्ष झैँ यसपटक उनी जन्मदिन विशेष तरिकाले मनाउने सोचमा छैनन् । 

फिल्मीखबर, काठमाडौं, 2020-07-22, बुधवार

नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उनको उपचारका क्रममा निधन भएको हो । कलेजोको समस्याका कारण उनलाई केही दिनअघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो । नयाँ दिल्लीको ह्याम्स अस्पतालमा उनको निधन भएको हो । 

एजेन्सी, मुम्बई, 2020-07-22, बुधवार

साउथ फिल्मका सुपरस्टार प्रभासको नयाँ फिल्ममा लिड अभिनेत्रीको रुपमा अनुबन्ध भएकी दीपिका पादुकोण बलिउड फिल्म इतिहासकी सबैभन्दा महंगी अभिनेत्री बनेकी छन् । ‘प्रभास २१’ नाम राखिएको फिल्मको गएको तीन दिन अगाडि निर्माण घोषणा गरिएको थियो । यो फिल्मका लागि दीपिकाले मोटो रकम बुझेकी छन् । उनलाई २० करोडमा कास्ट गरिएको बताइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-07-22, बुधवार

अभिनेता द्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी सहोदर दाजु-भाई हुन् । बैंकर रविना देशराज जोशीका यी दुई छोराले लगभग एकै समयमा फिल्म करिअर सुरु गरेका थिए । आयुष्मानले ‘चपली हाइट २’ र आशिरले ‘ग्याङस्टार ब्लूज’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । डेब्यू फिल्म रिलिजताका दुवैलाई सम्भावना बोकेको नायकको रुपमा हेरिएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-22, बुधवार

केही वर्षयता हिट फिल्मको सिक्वेलले बक्सअफिसमा धूम मच्चाइरहेको अवस्था छ । ‘ए मेरो हजुर’, ‘नाईं नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज यसका उदाहरण हुन् । सिक्वेलप्रति दर्शकले विश्वास गर्न थालेका कारण निर्माताहरु नयाँ नाममा फिल्म बनाउने जोखिम उठाउन छाडेका छन् । सिक्वेल फिल्म निर्माणको लहडमा अभिनेता, निर्देशक तथा निर्माता रोज राणा पनि मिसिएका छन् । 

Results : 8173 - 8178 of 24024
Most Visited News (monthly)