
नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालका भाई राकेश हमालको अन्तिम दाहसंस्कार गरिएको छ । बुधवार भारतको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा निधन भएका उनको शुक्रवार पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा छोराले दागवत्ति दिएका थिए । शुक्रवार दिउँसो भारतबाट उनको शव नेपाल ल्याइएको थियो ।

अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहबीचको विवाद अदालतसम्म पुगेको छ । साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ को सेटमा आफूलाई नराम्रो व्यवहार गरेको र जापानमा भएको अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि भुवनले चलचित्र कलाकार संघमा सत्यतथ्य छानबिनको माग गर्दै निवेदन दिएका थिए । संघले विवाद मिलाउन नसकेपछि भुवन अदालत पुगेका छन् ।

अभिनेता राजेश हमाल आफ्नो भाईको निधनले विक्षिप्त भएका छन् । उनका भाई राकेशको बुधवार भारतको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । कलेजोले काम गर्न छोडेपछि उनलाई केही दिनअगाडि प्लेन चार्टर्ड गरेर कलेजो प्रत्यारोपणका लागि नयाँ दिल्ली लगिएको थियो । एक छोरा र एक छोरीका पिता राकेशलाई उनकै पत्नीले कलेजो दिएकी थिइन् ।

मंगलवारबाट चार महिना लामो लकडाउन अन्त्य भयो । देशको आर्थिक अवस्था डामाडोल हुनु र सर्वसाधारणलाई दैनिक गुजरा चलाउन पनि समस्या भएपछि सरकारले लकडाउन हटाउनुको अरु विकल्प भेटेन । तर, लकडाउन अन्त्य भए पनि कोरोनाको जोखिम कम भएको छैन । संक्रमितको संख्या बढेको बढ्यै छ । अब नागरिक आफैंले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

अभिनेता सुशील सिटौला दर्शकमाझ उतिधेरै चिनिएको अनुहार होइन । ‘होस्टेल रिर्टन्स’ उनको डेब्यू फिल्म थियो । यसमा उनी सुदुरपश्चिमबाट काठमाडौं पढ्न आएको एक विद्यार्थीको भूमिकामा थिए । यो फिल्ममा उनको अभिनयले दर्शक तथा समीक्षकको मन जितेको थियो । यसपछि उनले ‘गाँजाबाजा’ र ‘रणवीर’ नामक फिल्ममा काम गरे । तर, यी दुवै फिल्मले हलमा घुँडा टेके ।

कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका अभिनेता अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । यद्यपि, उनको अझै दुईवटा टेस्ट हुनेछ । गएको १२ दिनदेखि अमिताभ र उनका छोरा अभिषेक बच्चनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ । ऐश्वर्या राय बच्चन र आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएपछि सोही अस्पतालमा भर्ना गरिएको छ ।

