Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8161 - 8166 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2020-07-26, आईतवार

चार महिना लामो लकडाउन अन्त्य भए पनि फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै छ । अन्य क्षेत्र खुल्ला गरेर फिल्म क्षेत्रमा प्रतिबन्ध लगाएकोमा फिल्मकर्मीहरु आक्रोशित छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले भने फिल्म क्षेत्र चलायमान बनाउन छलफल भइरहेको बताएका छन् । यो क्षेत्र पुनः सञ्चालनका लागि सरकार गम्भीर रहेको उनको भनाई छ । 

फिल्मीखबर, काठमाडौं, 2020-07-26, आईतवार

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले चार महिना लकडाउन गर्दा सबै कलाकारहरु कामविहीन भए । गएको मंगलबारबाट लकडाउन पूर्ण रुपमा अन्त्य भएको छ । योसँगै विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । तर, फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै छ । भीडभाड हुने क्षेत्र भएकाले पनि संक्रमण फैलने डरले तत्काल यो क्षेत्र खोल्ने जोखिम सरकारले उठाउन सकेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2020-07-26, आईतवार

काँचको पर्दामा जमेका कलाकारहरुको म्यूजिक भिडियोप्रति मोह बढ्दो छ । एकै दिनमा छायांकन सकिने, आकर्षक पारिश्रमिक पाइने र प्रचारमा हिँड्नु नपर्ने काइदाका कारण अपबाद बाहेक प्रायः कलाकारहरु अफर भएका म्यूजिक भिडियोहरु उम्काउँदैनन् । अघिल्लो पुस्ताका राजेश हमालदेखि नयाँ छिमलका प्रदीप खड्कासम्मले म्यूजिक भिडियोमा उपस्थिति जनाइसकेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-25, शनिवार

अनुता गुरुङ र खिलबहादुर गुरुङ अभिनीत फिल्म ‘बारपाकी माया’ को सिक्वेल निर्माण हुने भएको छ । गोरखाको बारपाक गाउँमा छायांकन गरिएको फिल्मले गुरुङ संस्कृतिको विषयलाई उठान गरेको थियो । सिक्वेलमा भने बारपाकको जनजीवन र त्यहाँको रहनसहनलाई प्रस्तुत गरिने निर्देशक प्रितम गुरुङले जानकारी दिए । लकडाउनमा फिल्मको स्क्रिप्ट तयार पारिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-07-25, शनिवार

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संसद्का सभामुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, उपसभामुख, संवैधानिक निकायका प्रमुखलगायतले रातो पासपोर्ट (कुटनीतिक राहदानी) प्रयोग गर्ने गरेका छन् । नेपाली कलाकारहरुलाई भने सरकारबाट यो सुविधा प्राप्त छैन । उनीहरु हरियो रंगको पासपोर्टमा विदेश भ्रमण गर्ने गरेका छन् ।

एजेन्सी, मुम्बई, 2020-07-25, शनिवार

अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ बलिउडको सबैभन्दा रुचाइएको जोडीमध्ये एक हो । यी दुईले ‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’, ‘युवराज’, ‘मैंने प्यार क्यों किया’, ‘भारत’ सहित केही फिल्ममा काम गरेका छन् । दुवैको केमेस्ट्री दर्शकहरुले निकै रुचाउने गरेका छन् । अब यो जोडीले पुनः एकपटक ‘टाइगर’ को तेस्रो पार्टमा काम गर्न लागेको खबर बाहिरिएको छ ।

Results : 8161 - 8166 of 24024
Most Visited News (monthly)