
कलाकार गोपाल राउतको ५८ वर्षको उमेरमा निधन भएको छ । सोमवार विहान हृदयघातका कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा उनको निधन भएको हो । उनी केही वर्षयता स-परिवार अमेरिकामा बस्दै आएका थिए । उनको एक श्रीमती, दुई छोरा र एक बुहारी छन् ।

डेढ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ व्यवसायिक र समीक्षात्मक दुवै रुपमा सफल ठहरिएको थियो । अन्तरजातीय विवाह गरेर राजधानी छिरेको एक दाम्पत्यको जीवनमा सन्तान नहुँदा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको थियो । फिल्ममा प्रमुख भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको अभिनयको निकै प्रशंसा भएको थियो ।

दुई पटक अस्कार जितेकी हलिउडकी चर्चित अभिनेत्री ओलिभिया डी हेभिल्यान्डको निधन भएको छ । पेरिसमा रहेको घरमा सुतेको अवस्थामा उनी मृत भेटिएकी हुन् । उनको प्राकृतिक रुपबाट निधन भएको बताइएको छ । उनी १०४ वर्षकी भइन् । ६० वर्षदेखि उनी पेरिसमा बस्दै आएकी थिइन् । उनको टिमबाट लिसा गोल्डबर्गले ओलिभियाको निधनको जानकारी दिएकी हुन् ।

अंकित पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ दि क्लाउड’ इटालीको फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ । मृत्युपछिको जीवनलाई कल्पना गरी बनाइएको फिल्मले एसोलो आर्ट फिल्म फेस्टिभलमा आर्ट फिल्म विधातर्फ पुरस्कार जितेको हो । विजेता बनेको यो फिल्मले ५ सय युरो प्राप्त गरेको छ । आफू निर्देशित फिल्म पुरस्कृत भएकोमा अंकितले खुसी व्यक्त गरेका छन् ।

केही वर्षयता सिक्वेल निर्माणतर्फ नेपाली निर्माताहरुको आकर्षण बढ्दो छ । ‘ए मेरो हजुर’, ‘छक्का पञ्जा’, ‘नाईं नभन्नू ल’ लगायतका फिल्मका सिक्वेलले बक्सअफिसमा पाएको सफलताका कारण निर्माताहरु हिट फिल्मको सिक्वेलमा लगानी गर्न अगाडि सरिरहेका छन् । नयाँ फिल्मभन्दा सिक्वेलमा लगानी डुब्ने खतरा कम हुन्छ । दर्शकमा पनि सिक्वेलप्रति चासो बढी हुने गरेको छ ।

अभिनेत्री द्वय तापसी पन्नू र कंगना रनावटबीचको विवादले यतिबेला बलिउड तरंगित भएको छ । कंगनाले तापसीलाई ‘बी-ग्रेड’ अभिनेत्री भनेकी थिइन् । यसपछि उनीहरुबीच वार चलेको हो । तापसीले आफ्नो अन्दाजमा कंगनालाई जवाफ दिइरहेकी छन् । उनले केही समय अगाडि एक अन्तर्वार्तामा कसैको मृत्युलाई आफ्नो नीजि फाइदाका लागि प्रयोग गर्न नमिल्ने बताएकी थिइन् ।

