Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8149 - 8154 of 24024
फिल्मीखबर, काठमाडौं, 2020-07-29, बुधवार

अपबादबाहेक प्रायः युवा-युवतीको ठूलो पर्दामा जम्ने सपना हुन्छ । छोटो समयमा नाम र दाम कमाइने क्षेत्र भएकाले पनि अभिनयतर्फ रुची हुनु स्वभाविक हो । तर, बाहिरबाट देखेजस्तो चकाचक छैन, फिल्म क्षेत्र । फिल्ममा प्रवेश गर्न जति गाह्रो छ, टिक्न त्योभन्दा गाह्रो हुन्छ । वर्षेनी फिल्ममा भविष्य देखेर आउने कतिको सपना अपुरै रहन्छ त कतिको सम्भव पनि भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-07-29, बुधवार

गएको महिना भारतको चर्चित अनलाइन पत्रिका ‘आजतक’ ले ‘बलिउडमा नाम कमाएका नेपाली कलाकार यी हुन्’ भनेर एउटा आर्टिकल लेखेको थियो । त्यसमा मनीषा कोइराला, सुनिल थापा, उदितनारायण झासँगै भोलाराज सापकोटाको बारेमा पनि उल्लेख गरिएको थियो । रंगमञ्च र सिरियल हुँदै फिल्ममा प्रवेश गरेका उनले फिल्म ‘बर्फी’ बाट बलिउडको सदस्यता लिएका थिए । 

फिल्मीखबर, काठमाडौं, 2020-07-29, बुधवार

अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्मको आँधी उठ्यो । त्यसको बाछिटा नेपाली फिल्मसम्म आइपुग्यो । अभिनेत्री नम्रता सापकोटाले नेपोटिज्मका कारण धेरै प्रतिभावान कलाकार डिप्रेसनको शिकार भएको बताएपछि यस विषयमा विभिन्न फिल्मकर्मीहरुले आफ्नो विचार राखे । ‘महानायक’ विवादपछि भने अहिले यो विषय लगभग सेलाएको छ ।

एजेन्सी, मुम्बई, 2020-07-28, मंगलवार

भर्सटायल अभिनेताको रुपमा चिनिने आयुष्मान खुरानालाई गएको केही वर्षयता हिट मेशिन भन्ने गरिएको छ । फरक धारका फिल्म गर्न रुचाउने उनका एकपछि अर्को फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेका छन् । उनी आफूलाई अनावश्यक दबावमा राखेर नयाँ चीजहरूको खोजी गर्न मनपराउने बताउँछन् । उनी फिल्ममा निर्वाह गर्ने चरित्रलाई घर लिएर जान पनि रुचाउँदैनन् । 

फिल्मीखबर, काठमाडौं, 2020-07-28, मंगलवार

सांगीतिक क्षेत्रमा स्थापित थुप्रै गायकहरुले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाएका छन् । मुरलीधर, यम बराल, राजेशपायल राई, बाबु बोगटी, यश कुमार, निमा रुम्बालगायत धेरै गायकहरु फिल्मको हिरो भए । तर, कुनै गायकलाई फिल्म अभिनय फापेन । प्रायःले पहिलो फिल्मपछि दोस्रो फिल्ममा काम गरेका छैनन् । यद्यपि, फिल्मप्रति गायकहरुको आकर्षण घटेको भने छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2020-07-28, मंगलवार

कोरोनाको महामारीले यतिबेला विश्व आक्रान्त छ । यसको संक्रमण फैलिन नदिन नेपालमा चार महिना लामो लकडाउन भयो । गएको मंगलवारबाट लकडाउन पूर्ण रुपमा अन्त्य भएको छ । तर, संक्रमण दिन-प्रतिदिन भयावह बन्दै गएको छ । लकडाउन खुलेपछि मानिसहरु निर्भिक रुपमा डरररहित घरबाहिर निस्किरहेका छन् । हुन पनि, रोगदेखि डराएर घरभित्रै कहिलेसम्म बस्ने ?

Results : 8149 - 8154 of 24024
Most Visited News (monthly)