
प्रदर्शनको पखाईमा रहेको फिल्म ‘प्रेमगीत ३’ ले नेपाली फिल्म क्षेत्रलाई एक नयाँ अनुहार दिँदैछ । उनी हुन्, मनिष राउत । फिल्ममा उनले राजकुमारको भूमिका निर्वाह गरेका छन् । कोरोनाको महामारी नभएको भए यो फिल्म गत वर्षको चैतमा प्रदर्शन भइसकेको हुन्थ्यो । अब आउँदो बैशाखमा फिल्म प्रदर्शन हुने बुझिएको छ । यो फिल्मलाई लिएर मनिष उत्साहित छन् ।

कमर्शियल र आर्ट दुवै प्रकारका फिल्ममा आफूलाई प्रमाणित गरिसकेका दीपेन्द्र के. खनाल अहिले दुई फिल्मको तयारीमा छन् । गत वर्ष प्रदर्शनमा आएको व्यवसायिक र समीक्षात्मक दुवै रुपमा सफल फिल्म ‘आमा’ पछि नयाँ फिल्मका लागि लकडाउनको समयमा घरमै बसेर स्क्रिप्टमा लेखेका उनले बिहीवार चलचित्र विकास बोर्डमा दुई फिल्मका लागि निर्माण इजाजत लिएका छन् ।

नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको सिरिज हो- ‘छक्का पञ्जा’ । यो फिल्मका तीनवटा सिरिजले नेपाली फिल्मको स्वदेश तथा विदेशमा बजार विस्तार गर्न पनि ठूलो भूमिका खेलेको छ । अब यो फिल्मको चौथो श्रृंखला निर्माण हुँदैछ । यस वर्षको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिए पनि कोरोनाको महामारीका कारण फिल्मको छायांकन समेत सुरु भएको छैन ।

अभिनेत्री निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ ले बक्सअफिसमा सुखद नतिजा हात पार्न सकेको थिएन । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको बैबाहिक जीवनमा उत्पन्न हुने समस्यामा फिल्म केन्द्रित थियो । सिमोस सुनुवार निर्देशित यो फिल्मको अब दोस्रो सिरिज निर्माण हुने भएको छ । लेखक प्रदीप भारद्धाजले फिल्मको स्क्रिप्ट तयार पारिसकेका छन् ।

फिल्म ‘टलकजंग भर्सेस टुल्के’ पछि निर्देशक तथा अभिनेता निश्चल बस्नेत फिल्म ‘दिमाग खराब’ बनाउने तयारीमा थिए । तर, चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नै नलिइ फिल्मको घोषणा गरेपछि यो नाम अर्कै कम्पनीले दर्ता गर्यो । यसपछि निश्चलले ‘लुट २’ निर्देशन गरे । बोर्डमा नाम दर्ता गराएको तीन वर्षसम्म फिल्म नबने निर्माण इजाजत स्वतः रद्द हुने प्रावधान छ ।

‘केजीएफ’ कन्नड फिल्म इन्डस्ट्रीका लागि माइलस्टोन साबित भएको थियो । लामो समयदेखि दर्शकहरु यो फिल्मको सिक्वेलको प्रतिक्षा गरेर बसेका छन् । कन्नड सुपरस्टार यशको अभिनय गरेको फिल्मको सिक्वेलमा बलिउड सुपरस्टार सञ्जय दत्तको पनि अभिनय छ । यसमा उनी खतरनाक भिलेनको भूमिकामा छन् । बुधवार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

