
‘धडक’ बाट बलिउडमा आफ्नो पाइला राखेकी स्वर्गीय श्रीदेवीकी छोरी जाह्रवी कपूर अभिनीत दोस्रो फिल्म ‘गुञ्जन सक्सेना : द करगिल गर्ल’ लाई लिएर जबरजस्त ‘बज’ बनिरहेको छ । जब फिल्मको पोस्टर रिलिज भयो, हर कोही यो फिल्ममा जाह्रवीको भिन्न रुप हेर्न उत्साहित थिए । यसबीच, डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको फिल्मको ट्रेलर शनिवार सार्वजनिक भएको छ ।

कोरोनाका कारण गएको पाँच महिनायता सिनेमा हलमा ताल्चा लागेको छ । फिल्म निर्माण र प्रदर्शन पूर्ण रुपमा रोकिएको छ । लकडाउन अन्त्य भएपछि विभिन्न क्षेत्र खोल्न सरकारले अनुमति दिए पनि फिल्म क्षेत्रमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ । अन्य क्षेत्र खुल्ला गरेर यो क्षेत्रमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको अहिले फिल्मकर्मीहरुले विरोध गरिरहेका छन् ।

नेपाली फिल्मले ६ दशक लामो यात्रा पार परिसकेको छ । यो अवधिमा फिल्म क्षेत्र कयैन् आरोह-अवरोहको साक्षी बन्यो । तत्कालिन माओवादीले गरेको जनयुद्धमा यो क्षेत्र धरासायी भएको थियो । शान्ति प्रक्रियापछि फिल्म क्षेत्र केही हदसम्म तंग्रियो । तर, पहिलो संविधान सभाको निर्वाचनपछि मुलुकमा बढेको राजनीतिक अस्थिरताको असर फिल्म क्षेत्रले पनि भोग्यो ।

बलिउड अभिनेता सुशांत सिंह राजपूतको आत्महत्याको मुद्धामा उनकी पूर्व प्रेमिका अंकिता लोखन्डे अब खुलेर अगाडि आइरहेकी छन् । बिहीवार एक टिभी च्यानलमा अन्तर्वार्ता दिँदै उनले सुशान्त आफ्नो प्यासन फलो गर्ने र पैसा उसका लागि महत्त्व नराख्ने बताएकी छन् । सुशान्तले सबै कुरा ध्वस्त भए पनि फेरि उठ्न प्रयास गर्ने भनेर आफूसँग बताउने गरेको अंकिताको भनाई छ ।

अभिनेत्री अनु शाह र अभिनेता सविन श्रेष्ठ विगत लामो समयदेखि एकअर्काको प्रेममा छन् । केही वर्ष अफेयर ढाकछोप गरेको यो जोडी आजकाल भने खुल्लम खुल्ला प्रेममा रमाइरहेको छ । सार्वजनिक कार्यक्रममा एकअर्काको साथमा पुग्नेदेखि सामाजिक सञ्जालमा प्रेम अभिव्यक्त गर्न उनीहरु पछाडि परेका छैनन् । बजारमा त उनीहरुले लगनगाँठो कसिसकेको समेत चर्चा छ ।

डेढ वर्ष अगाडिको व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘प्रसाद’ को दोस्रो सिरिज बनाउन यतिबेला निर्माण टिम घुँडा धसेर लागेको छ । अहिले लेखक शुशील पौडेल फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । सुवास थापाले निर्माण गर्ने फिल्ममा निर्देशक भने फेरिएका छन् । दिनेश राउतले ‘प्रसाद २’ नगरेपछि सौरभ चौधरीले निर्देशकको जिम्मेवारी पाएका छन् ।

