
चिनियाँ एप टिकटकले संसारमा धेरैलाई सेलिब्रेटी बनाएको छ । १५ सेकेण्डको गीतको टुक्रामा अभिनय गरेर बनाएको भिडियोबाट लोकप्रियताको शिखर चढ्ने नेपालमा पनि धेरै छन् । अहिले म्यूजिक भिडियोको दुनियाँमा संघर्ष गरेर आएका मोडलभन्दा टिकटकबाट उदाएका अनुहारहरुको बोलबाला छ । आजभोली जो टिकटकमा हिट छ, उसलाई कामको कमी हुन्न ।

बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसको जानकारी उनी स्वयंले ट्वीट गरेर दिएका हुन् । कोरोनाको संक्रमण देखिएपछि उनी ११ जुलाईमा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । कोरोनामुक्त भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर आइतवार दिउँसो घर फर्किएका छन् ।

aसाउथ फिल्म इन्डस्ट्रीमा रजनीकान्तलाई सबैभन्दा ठूलो सुपरस्टार मान्ने गरिन्छ । उनको फ्यान फलोइंग भारतमा मात्र नभइ विश्वभर फैलिएको छ । उनले आफ्नो करिअरमा कयैन् फिल्ममा काम गरेका छन्, जुन बक्सअफिसमा पनि निकै सफल सावित भएका छन् । उमेरको यो चरणमा पनि उनी अभिनीत फिल्म रिलिज भएपछि बक्सअफिसमा सुपरहिट हुन धेरै समय लाग्दैन ।

एक महिनायता ‘महानायक’ विवादमा फिल्म क्षेत्र तातिरहेको अवस्थामा अभिनेत्री निरुता सिंहले शनिवार फेसबुकमा भुवन केसीलाई आफ्नो सपनाको महानायक भनेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । भुवन केसीलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको र भुवन केसीको चमचागिरी गरेको भन्दै उनको विरोध भइरहेको छ ।

तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’ बाट निरुता सिंहले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसमा उनको अपोजिटमा भुवन केसी थिए । यो फिल्म बक्सअफिसमा सुपरहिट भएपछि निरुताको करिअरले एकाएक उचाइ लिएको थियो । यसकारण पनि उनका लागि यो फिल्म निकै विशेष छ । ‘दक्षिणा’ पछि निर्देशक घिमिरेका हरेक फिल्ममा उनले स्थान पाउन थालेकी थिइन् ।

कोरोना भाइरसको महामारीका कारण गएको पाँच महिनायता फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । यो अवस्था अझै कहिलेसम्म लम्बिने हो, कुनै निश्चित छैन । सरकार अन्य क्षेत्र सञ्चालन गर्ने विषयमा उदार देखिए पनि फिल्म क्षेत्र खोल्न गम्भीर देखिएको छैन । न त फिल्मकर्मीहरुले नै सरकारलाई फिल्म क्षेत्र खोल्नका लागि प्रभावकारी दबाब दिन सकेका छन् ।

