
नेपाली फिल्मका अभिनेत्रीहरु गायिका बन्ने क्रम जारी छ । रेखा थापा, निरुता सिंह, परमिता आरएल राणा, अनु शाह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङलगायतले गीतमा आवाज भरेर गायिकाको परिचय पनि बनाइसकेका छन् । तर, अभिनेत्रीहरुको गायन कलालाई दर्शक-स्रोताले भने खासै रुचाएको पाइएको छैन । न त उनीहरुले गायनलाई निरन्तरता नै दिन सकेका छन् ।

चर्चित कमेडियन जोनी लिभर शुक्रवारबाट ६३ वर्षका भएका छन् । सन् १९५७ अगस्ट १४ मा जन्मिएका उनी यूनिक स्टाइलमा कमेडी अभिनय गर्नका लागि प्रख्यात छन् । उनले ‘दीवाना मस्ताना’ र ‘दूल्हे राजा’ जस्ता फिल्ममा जबरजस्त कमिक रोल निभाएका छन् । तीन सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले ‘दर्द का रिश्ता’ बाट अभिनय करिअर सुरु गरेका थिए ।

फिल्म समीक्षकले दीपेन्द्र के. खनाललाई दर्शक रुवाउने लाइसेन्स प्राप्त निर्देशक भन्ने गरेका छन् । ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘आमा’ मा उनले उठान गरेका विषयवस्तुले दर्शकको मन जितेको थियो । फिल्ममा उनको कथा पस्कने शैलीको प्रशंसा हुने गरेको छ । मौलिक कथावस्तुको खोजी गर्ने उनी कोरोनाको महामारी साम्य भएपछि दुई फिल्म ‘चिसो मान्छे’ र ‘लकडाउन’ बनाउँदैछन् ।

कोरोनाको संक्रमणबाट बच्न सरकारले चार महिना लामो लकडाउन गर्यो । जसका कारण आम मानिसको जनजीवन प्रभावित भएको थियो । लकडाउनमा सबै क्षत्र बन्द हुँदा देश आर्थिक रुपमा कमजोर बन्यो । कोरोनाका कारण लाखौंको रोजीरोटी गुमेपछि सरकारले गएको महिना लकडाउन अन्त्य गर्यो । तर, पूर्व तयारी विना खोलिएको लकडाउनले अवस्था भयावह हुँदै गएको छ ।

अस्कर इन्टरनेशनल कलेजमा अध्ययन गर्ने दश जना विद्यार्थीले सिंगापुरको फिल्म स्टुडियोबाट बुरसरी अवार्ड प्राप्त गर्ने भएका छन् । कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरको इन्फिनिट स्टुडियोसँग यो सालका लागि दश जनालाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिए । यसअघि स्टुडियोले ५ जनालाई वर्षेनी छात्रवृत्ति प्रदान गर्दै आएको थियो ।

के तपाईंहरुलाई थाहा छ ? स्वर्गीय अभिनेत्री श्रीदेवीले साउथ फिल्मका सुपरस्टार रजनीकान्तको स्वास्थ्य लाभको काम गर्दै सात दिनसम्म उपवास राखेकी थिइन् । सन् २०११ मा फिल्म ‘राणा’ को छायांकनको क्रममा रजनीकान्तको स्वास्थ्य विग्रिएको थियो । उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएको थियो । उनलाई भारतबाट सिंगापुरको एक अस्पतालमा रिफर गरिएको थियो ।

