Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8077 - 8082 of 24025
एजेन्सी, मुम्बई, 2020-08-16, आईतवार

‘बम्बे’, ‘१९४२ : अ लव स्टोर’, ‘दिल से’ जस्ता एकसेएक उम्दा फिल्ममा आफ्नो अभिनयको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषा कोइराला आइतवारबाट ५० वर्षमा प्रवेश गरेकी छन् । १६ अगस्त १९७० मा नेपालको काठमाडौंमा जन्मिएकी उनले आफ्नो फिल्म करिअरको सुरुवात सन् १९८९ मा रिलिज भएको नेपाली फिल्म ‘फेरि भेटौंला’ बाट गरेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2020-08-16, आईतवार

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएपछि अहिले यो विषय अदालतसम्म पुगेको छ । गएको महिना उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो पोस्ट्याउँदै अभिनेता केसीले फिल्म ‘ड्रिम्स’ को सेटमा आफूलाई राम्रो व्यवहार नगरेको र जापानमा भएको अवार्डमा गालामा मुख जोड्याउन खोजेको आरोप लगाएकी थिइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-16, आईतवार

अभिनेता तथा अभिनेत्रीहरु फिल्म निर्माणमा होमिने क्रम बढ्दो छ । आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, भुवन केसी, प्रदीप खड्का, रमेश उप्रेतीलगायत धेरै कलाकारले आफूलाई निर्माताको रुपमा पनि उभ्याइसकेका छन् । तर, एकाधबाहेक प्रायः लाई अभिनयमा झैं फिल्म निर्माणमा सफलता मिलेको छैन । यसैक्रममा फेरि एक अभिनेताले फिल्म निर्माण गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-16, आईतवार

एपी वानमा प्रशारण हुने ‘रजतपट’ कार्यक्रममा पत्रकार प्रकाश सुवेदीले एक अभिनेत्रीको शारीरिक बनावटलाई लिएर अशिष्ट शब्द प्रयोग गरेपछि उनको व्यापक विरोध भयो । उक्त शब्द आफूप्रति लक्षित रहेको भन्दै अभिनेत्री पूजा शर्माले फिल्म सम्बद्ध विभिन्न संघ-संस्थामा उजुरी दिएकी छन् । यद्यपि, पत्रकार सुवेदीले आफूले बोल्न नहुने शब्द बोलेको भन्दै माफी मागिसकेका छन् । 

एजेन्सी, मुम्बई, 2020-08-15, शनिवार

भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरेकी विद्या बालनको नयाँ फिल्म ‘शकुन्तला देवी’ ले ओटीटी प्लेटफर्ममा धूम मच्चाइएको छ । अनु मेनन निर्देशित यो फिल्मलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । गएको महिना रिलिज भएको सुशांत सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ पछि विद्याको ‘शकुन्तला देवी’ लाई ओटीटीमा सबैभन्दा बढी रुचाइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-15, शनिवार

चकलेटी अभिनेता जीवन लुईंटेल कवि पनि हुन् । फिल्म अभिनयमा सक्रिय रहँदा उनले ‘नायक’ शिर्षकको कविताको पुस्तक प्रकाशन गरेका थिए । बाल्यकालदेखि नै साहित्यमा रुची भएका उनी सामाजिक सञ्जालमा आफूले सिर्जना गरेका कविताका हरफहरु पोस्ट गरिरहेका हुन्छन् । आफैंले वाचन गरेको कविताको भिडियोमा पनि उनले सार्वजनिक गर्ने गरेका छन् ।

Results : 8077 - 8082 of 24025
Most Visited News (monthly)