Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7897 - 7902 of 24025
एजेन्सी, मुम्बई, 2020-10-01, बिहिवार

अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘बेल बटम’ को छायांकन पूरा गरेका छन् । फिल्मको छायांकन लकडाउनमा सुरु भएको थियो । अक्षयको कामप्रतिको लगाव र छिटो काम गर्ने शैलीका कारण फिल्मको एक महिनामै छायांकन सकिएको हो । उनी अन्य अभिनेताको तुलनामा छिटो फिल्मको छायांकन सक्ने गर्दछन् । र, फिल्म बक्सअफिसमा सफल पनि हुने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-10-01, बिहिवार

दुई दशक अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको करिअरका लागि माइलस्टोन सावित भएको थियो । आजका दिन पनि उनीहरुले अभिनय गरेका फिल्मको नाम लिनु पर्दा ‘दर्पण छायाँ’ पहिलो नम्बरमा आउँछ । यसमा उनीहरुको केमेस्ट्री र अभिनय दर्शकहरुले अत्याधिक रुचाएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2020-10-01, बिहिवार

नेपालमा दैनिक ७ जना बलात्कृत हुने गरेको तथ्यांकले देखाउँछ । पछिल्लो समय नाबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेको छ । केही दिन अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खबरले हरेक नेपालीलाई स्तब्ध बनाएको छ । निर्मला पन्त, संगीता मण्डललगायत धेरै किशोरीको बलात्कारपछि हत्याका दोषी पत्ता लाग्न सकेका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-01, बिहिवार

नेपालीभाषी बाहुल्य रहेको भारतीय राज्य दार्जिलिङ, सिलुगढी, सिक्किम, कालिङपोङलगायतका क्षेत्रले तुलसी घिमिरे, निरुता सिंह, उत्तम प्रधान, शान्ति ठटाल (नेपाली फिल्मकी पहिलो महिला संगीतकार) जस्ता धेरै सिर्जनाका खानी नेपाली फिल्म क्षेत्रलाई सुम्पिएको छ । कालिङपोङमा जन्मे-हुर्केका अनमोल गुरुङ पनि सम्भावना बोकेका निर्देशक, गायक र संगीतकारमा पर्छन् ।

एजेन्सी, मुम्बई, 2020-09-30, बुधवार

बुधवार अर्थात् ३० सेप्टेम्बरमा नीरज पाण्डे निर्देशित फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ प्रदर्शनमा आएको चार वर्ष पूरा भएको छ । यो फिल्म सन् २०१६ मा प्रदर्शन भएको थियो । स्वर्गीय सुशान्त सिंह राजपूतको करिअरका लागि माइलस्टोन सावित भएको उक्त फिल्ममा उनको काम निकै रुचाइएको थियो । धोनी र उनको परिवारलाई पनि फिल्म निकै मन परेको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-09-30, बुधवार

गत वर्षको मंसिरमा निधन भएका कलाकार तथा निर्माता केशव भट्टराईले तीन दशक नेपाली फिल्म क्षेत्रमा विताए । तुलसी घिमिरे निर्देशित फिल्म ‘कोशेली’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले आफ्नो अभिनय करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष रहँदा निधन भएका उनी त्यसअघि नेपाल विद्युत प्राधिकरणमा कार्यरत थिए ।

Results : 7897 - 7902 of 24025
Most Visited News (monthly)